२०८३ बैशाख ४ गते शुक्रवार

प्युठानमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

प्युठान ,फागुन २० । मोटरसाइकल दुर्घटना हुँदा प्युठानमा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

जिल्लाको बरौलाबाट बिजुवारतर्फ जाँदै गरेको लु २१ प ६२१९ नं. को मोटरसाइकल बाटो खनिरहेको ना १ क ३११६ नं. जेसिबीसगँ ठोकिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो।

उनको प्युठान जिल्ला अस्पतालमा उपचारका क्रममा‍ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ।

यस्तै, दुर्घटनामा परी घाइते भएकी महिलाको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार मृतक र घाइतेको सनाखत हुन बाँकी छ।

प्रकाशित मिति : २०७९ फाल्गुन २० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *