२०८१ मङ्सिर २७ गते बिहिवार

जेसिजद्धारा ट्राफिक प्रहरी कार्यालयलाई सचेतना बोर्ड हस्तान्तरण

बितेको ६ महिनामा तुलसीपुरमा कुनैपनि अर्गनाइज क्राइम नभएको डिएसपी मल्लको दावी

तुलसीपुर,फागुन १९ । तुलसीपुर नगर जेसिजले ट्राफिक प्रहरी कार्यालय तुलसीपुरलाई ट्राफिक सचेतना बोर्ड हस्तान्तरण गरेको छ । तुलसीपुर नगर जेसिजले शुक्रवार एक कार्यक्रमका बिच उक्त सचेतना बोर्डहरु हस्तान्तरण गरेको हो ।

तुलसीपुर नगर जेसिज वर्ष २०२३ का अध्यक्ष जेसी शालिकराम वलिको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्पराज मल्लले तुलसीपुर सुरक्षित रहेको बताएका छन ।

आफु तुलसीपुर आएको ६ महिना बितिसकेको बताउँदै मल्लले यस बिचमा कुनैपनि अर्गनाइज क्राइम (संगठिक अपराध) नभएको दावी गरे ।

‘बाहिरबाट तुलसीपुरमा आउने पाउनाहरु यहाँ बस्न चाहानुहुन्न,तर म आएको यहाँ आएको ६ महिना भयो,तथ्याङ्क दिनुस,सगंठित अपराध कहां भयो ?उनले प्रश्न गर्दै भने,‘दिनदहाडै गोली चल्यो,दिनदहाडै रियल अपहरण भयो,दिनदहाडै मान्छे बलात्कार भएको घटना देखाउनुस् ।
६ महिनासम्म कुनैपनि अर्गनाइज क्राइम (संगठिक अपराध) छैन भने त्यो ठाउँ सुरक्षित भएको मानिने डिएसपी मल्लले बताए ।

त्यस्तै उनले अपराध रहित समाज निमार्णका लागि तुलसीपुुर नगर जेसिजले महत्वपुर्ण कार्यहरु गरेको बताए ।

‘नेपाल प्रहरीले समुदाय भन्दा भिन्न रहेर आफ्ना कार्य सम्पादन गर्न सक्दैन,‘उनले भने,समुदायसगं सगंसगै रहेर कार्यहरु गर्नका लागि विभिन्न समयमा समुदाय प्रहरी साझेदारी,प्रहरी मेरो साथी, मुस्कान सहितको प्रहरी सेवा भन्ने कार्यक्रमहरु ल्याएको छ ।’

उनले लागु लागुऔषधको मुल सफा गर्न,लागुऔषध उत्पादन,खपत,स्टोरेज र ओसारपसार हुने ठाउँलाई मध्यनजर गरि फागुनको ८,९,१० मा तालिम प्राप्त कुकुर ल्याएर तुलसीपुरका विभिन्न ठाउँमा लागुऔषध बिरुद्धको अप्रेशन चलाएको पनि बताए ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का अध्यक्ष दुजमान भण्डारीले जेसिजले विगत देखि नै समाजमा फरक किसिमको प्रभाव पार्ने उदाहरनीय कामहरु गर्दै भन्दै प्रंससा गरे ।

विगतको तुलनामा तुलसीपुरको ट्राफिक ब्यबस्थामा केही सुधार र परिवर्तन आएपनि पार्किङको समस्या भने जस्ताको तस्तैै रहेको बताए ।

उनले तुलसीपुर क्षेत्रको ट्राफिक ब्यबस्थापनका लागि वडा सरकारबाट केही बजेट बिनियोजन गरेको र त्यसलाई समन्वय गरेर अगाडी बढ्ने बताए ।

त्यस अवसरमा ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख तिर्थराज भुसाल,तुलसीपुर उधोग बाणिज्य सघका बरिस्ठ उपाध्यक्ष मिनराज भण्डारी,तुलसीपुर नगर जेसिजका निवर्तमान अध्यक्ष केशबराज केसी लगाएतले समाजलाई सुसुचित गराउन जेसिजले थालेको कार्य सराहनीय रहेको बताए ।

ट्राफिक सचेतना बोर्ड हस्तान्तरण कार्यक्रमका कार्यक्रम सयोजक जेसी केशबराज न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा अध्यक्ष सल्लाहकार पुर्णबिक्रम डाँगीले आस्थापाठ बाचन गरेका थिए भने सहजीकरण महासचिव सन्दिप भुसालले गरेका थिए ।

तुलसीपुर नगर जेसिजले स्थापनाकालदेखि नै लागूऔषध दुव्यशनी बिरुद्धको अभियानहरु,ट्राफिक न्यूनीकरणका लागि सचेतना सम्बन्धी कार्यक्रमहरु,विभिन्न क्षेत्रमा निशुल्क स्वास्थ्य शिबिरहरु सञ्चालन गर्दै आएको छ ।

 

प्रकाशित मिति : २०७९ फाल्गुन १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *