२०८३ बैशाख ४ गते शुक्रवार

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा वलिभद्र राना निर्विरोध निर्वाचित

घोराही ,फागुन १८ । नेपाल निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा निर्माण व्यवसायी वलिभद्र राना सर्वसम्मत निर्वाचित भएका छन् ।

राना लुम्विनि प्रदेश निर्माण व्यवसायी महासंघको सस्थापक अध्यक्ष हुन । उनी दोस्रो कार्यकालको लागि निर्विरोध अध्यक्षमा निर्वाचित भएका हुन ।

सुरुको कार्यकाल पनि राना निर्विरोध नै अध्यक्षमा चुनिएका थिए ।

राना मंसिर ४ गते भएको संसदीय निर्वाचनका क्रममा दाङ क्षेत्र नं. २ (१) बाट नेकपा एमालेको तर्फबाट प्रदेशसभा सदस्यमा भिडेका थिए । उनी नेपाली काँग्रेसका लुम्बिनी प्रदेश उपसभापति राजु खनालसंग पराजित भएका थिए ।

दुई दिनसम्म घोराहीमा चलेको अधिवेशन तथा साधारण सभाले अध्यक्षमा रानालाई सर्वसम्मत गराएको र अन्य पदमा पनि निर्विरोध चयन गर्ने तयारी भइरहेको अधिवेशनमा सहभागि निर्माण व्यवसायी विमलमान श्रेष्ठले जानकारी दिए ।

राना सामाजिक क्षेत्रमा पनि कृयाशिल व्यक्ती हुन ।

प्रकाशित मिति : २०७९ फाल्गुन १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *