शरद रेग्मी, तुलसीपुर,फागुन १७ । दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी सुशिल बैधले नागरिकको सुरक्षा कायम गर्नु प्रमुख दायित्व भएको बताएका छन ।
बुधबार तुलसीपुर उद्योग बणिज्य संघले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै प्रजिअ बैधले दाङ जिल्ला पर्यटनको अथाह सम्भावना भएको जिल्ला भएको भन्दै यसको बिकास र बिस्तारमा लाग्न आम उधोगि ब्यबसायीहरुलाई आग्रह समेत गरेका हुन ।
ब्यबसायिक क्षेत्रको बिकास बिना राज्यले आर्थिक क्षेत्रको सुधार गर्न नसक्ने भन्दै ब्यबसायिहरुलाई लगानि मैत्री बाताबरण श्रृजना गर्न स्थानिय प्रशासनले समन्वयकारि भुमिका खेल्ने बताए ।
‘ब्यबसायिक सुरक्षा र उनिहरुको प्रबर्दनमा स्थानिय प्रशासनको सहयोग भैरहन्छ प्रजिअ बैधले भने।’
कार्यक्रममा त्रिसिद्देश्वरि राप्ति यातायात सेवा प्रालिका अध्यक्ष सुरेश हमालले ब्यबसायिहरु एकजुट भएर सरल र सुलभ यातायात सञ्चालन गर्न भुमिका खेल्ने बताउ ।
स्वागत सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष हमालले स्थानिय प्रहरी,प्रशासन र सामाजिक सङघ सस्थाहरुसङ्ग सहकार्य र समन्वय गरेर अघि बढने समेत बताए ।
कार्यक्रममा जिल्ला ट्राफिक प्रमुख किरण मल्लले दाङको ट्राफिक ब्यबस्थापन गर्न सबैको सहयोग आबश्यक रहेको बताए ।
उहाले सडक दुर्घटना न्युनिकरणमा यातायात ब्यबसायि र मजदुरहरुको प्रमुख भुमिका रहेको भन्दै सबै मिलेर अघिबढनुपर्ने बताउ ।
बरिष्ठ उपाध्यक्ष मिनराज भण्डारीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण महासचिब बिनिल केसिले गरेका थिए ।
कार्यक्रम बाणिज्य सङघका अध्यक्ष रामप्रसाद चालिसेको अध्यक्षतामा भएको थियो ।