२०८० चैत्र ३० गते शुक्रवार

लुम्विनी निर्माण व्यवसायीको साधारण सभा तथा अधिवेशन दाङमा हुने

दाङ, फागुन १६ । मुलुक संघियतामा प्रवेश गरेसंगै प्रादेशिक संरचनामा प्रवेश गरेको नेपाल निर्माण व्यवसायी महासंघ लुम्विनी प्रदेशको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशन दाङमा बुधवार र विहिवार हुने भएको छ ।

लुम्विनी प्रदेश निर्माण व्यवसायी संघका अध्यक्ष वलीभद्र रानाले मंगलवार एक विज्ञप्ती जारी गरी साधारणसभा तथा अधिवेशनमा सहभागिताकालागी आम निर्माण व्यवसायी, नागरीक समाज, सन्चारकर्मि, राजनितिक दलका प्रमुख तथा विषयगत कार्यालयका प्रमुखहरुलाइ सहभागिताकालागी हार्दिक आमन्त्रण गरेका छन् ।

अधिवेशनले नयां नेतृत्व समेत चयन गर्ने भएको बताइएको छ । साधारणसभाका प्रमुख अतिथि लुम्विनी प्रदेशका खानेपानी तथा शहरी विकाश मन्त्री चेतनारायण आचार्य प्रमुख रहने छन् ।
साधारणसभा तथा अधिवेशनमा नेपाल निर्माण व्यवसायी महासंघका वरीष्ठ उपाध्यक्ष इन्जिनियर यदि लामा, पुर्व अध्यक्ष रमेश लामा वरीष्ठ पाहुना हुने छन् भने अन्य जिल्लाका निर्माण व्यवसायी समितिका अध्यक्षहरुको पनि सहभागिता रहने छ ।

साधारणसभा तथा अधिवेशनका अवसरमा निर्माण व्यवसायी महासंघका कोषाध्यक्ष त्रिभुवन लामाले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने छन् भने संस्थाका महासचिव प्रकाश शाहले बार्षिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको पनि अध्यक्ष वलीभद्र रानाले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।

कार्यक्रममा उत्कृष्ठ निर्माण व्यवसायी, यो क्षेत्रमा कलम चलाउने पत्रकार लगायत कर्मचारी लगायतलाइ विशेष सम्मानको कार्यक्रम समेत रहेको बताइएको छ ।

अधिवेशनमा पछिल्लो समयमा नेपालको आर्थिक अवस्थाको तरलता र निर्माण व्यवसायीका समस्याका विषयमा पनि गम्भीर वहश हुने बताइएको छ ।
सार्वजनिक खरीद ऐनको संसोधन देखि निर्माण व्यवसायीका समस्याका विषयमा समेत अधिवेशन केन्द्रित रहने वर्तमान अध्यक्ष वलीभद्र रानाले बताएका छन् ।

अधिवेशनले नयां नेतृत्व सर्वसम्मत रुपमा चयन गर्नकालागी पनि प्रयत्नरत छ । त्यसमा सवै सदस्यहरुको सहमती जुटाउने प्रयास समेत भैरहेको छ ।

निर्माण व्यवसायीका सदस्यहरुले पुन नेतृत्वकालागी आग्रह गरे आफुले थप एक कार्यकाल नयां नेतृत्वको जिम्मेवारी लिन सक्ने पनि अध्यक्ष रानाले बताएका छन् ।

प्रकाशित मिति : २०७९ फाल्गुन १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *