२०८१ बैशाख ११ गते मङ्गलवार

गाउँपालिकाद्धारा किसानलाई बाख्रा वितरण

सल्यान,फागुन १६ । किसानको आयआर्जन बढाउने उद्देश्यले सल्यानको त्रिवेणी गाउँपालिकाले बाख्रा वितरण गरेको छ ।

बाख्राको साना व्यावसायिक पकेट विकास कार्यक्रमअन्तर्गत त्रिवेणी गाउँपालिका–४ फलाबाङका प्रगति कृषि तथा पशुपन्छी समूहका किसानलाई सोमबार बाख्रा वितरण गरिएको हो ।

समूहलाई ३५ वटा बाख्रा र १ उन्नत जातको बोका प्रदान गरिएको त्रिवेणी गाउँपालिका पशुसेवा शाखाले जनाएको छ ।

५० प्रतिशत अनुदानमा गाउँपालिकाले बाख्रा, बोका र खोर सुधारमा ३ लाख ६२ हजार ५ रुपैयाँ खर्च गरेको पशुसेवा शाखा प्रमुख बसन्त रावतले बताए ।

अनुदानमा दिइएको बाख्राबाट किसानको जीवनस्तर माथि उठाउन टेवा पुग्ने विश्वास व्यक्त गर्दै गाउँपालिकाका अध्यक्ष खिमबहादुर रावतले बाख्रापालन सजिलो पेशा भएको र राम्रो आयआर्जन गरी अरूका अघि उदाहरणीय बन्न किसानलाई आग्रह गरे ।

वडा नम्बर ४ बाख्रापालनका लागि उपयुक्त वातावरण भएको बताउँदै वडाध्यक्ष छविराज शर्माले बाख्रापालन व्यवसाय अघि बढाउन आग्रह गरे ।

प्रकाशित मिति : २०७९ फाल्गुन १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *