तुलसीपुर,फागुन १६ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ निवासी सञ्चारकर्मी अनिता भुसालको मृत्यु भएको छ ।
२१ वर्षीया भुसालको उपचारको क्रममा गएराती १२ बजे लखनउमा मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ ।
सेतो रक्त कोषको कमीले मुटुमा असर गरेपछि उनलाई काठमाडौं हुँदै उपचारको लागि पछिल्लो पटक लखनउ लगिएको थियो ।
नेपाल प्रेस युनियन दाङको सदस्य समेत रहेकी भुसाल तुलसीपुर स्थित रेडियो सञ्जीवनीमा प्राविधिक रुपमा रहेर लामो समय काम गरेकी थिइन् ।
स्वर्गीय भुसालको तुलसीपुर–७ स्थित कालाखोला घाटमा गरिएको छ र । उनको श्रीमान,एक छोरा छन् ।
प्रकाशित मिति : २०७९ फाल्गुन १६ गते मङ्गलवार