२०८२ असार ४ गते बिहिवार

दाङमा विद्युत चोरी गर्ने नौ जना पक्राउ

तुलसीपुर, फागुन १५ । दाङमा विद्युत हुकिङ गरि चोरी गर्ने ९ जना पक्राउ पेरका छन् ।

राजपुर गाउँपालिका वडा नम्बर ३, ५ र गढवा गाउँपालिकाको वडा नम्बर ४ का विभिन्न स्थानबाट रात्रीकालीन अनुगमनको क्रममा ९ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा राजपुर गाउँपालिका वडा नम्बर ३ बसन्तापुरका जगदम्बा प्रसाद अहिर, वडा नम्बर ३ भैंसवाका जमुना प्रसाद यादव रहेको नेपाल विद्युत प्राधिकरण लमही वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले जानकारी दिए ।

यस्तै राजपुर गाउँपालिका वडा नम्बर ५ चंगवाका सञ्चीत कुमार यादव, शिवकुमार यादव, तहलु यादव, फिरोज अली, बैधु अली र गढवा गाउँपालिकाको वडा नम्बर ४ रामनगरका दिपक यादव रहेका छन् ।

नेपाल विद्युत प्राधिकरण लमही वितरण केन्द्र, सशस्त्र प्रहरी बल अर्जुन खोला र ईलाका प्रहरी कार्यालय गढवाको टोलीले उनिहरुलाई विद्युत हुकिङ गरि चोरी गर्दै गरेको अवस्थामा पक्राउ गरेको प्रमुख लामिछानेले बताए ।

उनका अनुसार उनिहरुले १ लाख २ हजार भन्दा बढि रकम तिर्न बाँकी रहेको छ ।

त्यस मध्यमा ४ जनाले ४० हजार बढि जरीवाना सहितको बक्यौता रकम बुझाएपछि छाडिएको छ भने अन्य ५ जनाको बारेमा छानबिन भइरहेको उनले बताए ।

प्राधिकरणले लाइन काटिएपछि महशुल बुझाउन अटेर गरी चोरी गरि बाल्नेलाई विद्युत चुहावट ऐन अनतरगत कारबाही गर्ने जनाएको छ ।

कार्यालय प्रमुख लामिछानेले यस्ता चोरीका काम नगर्न सबैलाई आग्रह गरे ।

प्रकाशित मिति : २०७९ फाल्गुन १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *