२०८१ बैशाख १० गते सोमवार

तुलसीपुरले विभिन्न कार्यक्रमहरु गरि अन्तराष्ट्रिय महिला दिवस मनाउने

तुलसीपुर,फागुन १५ । ‘लैगिंक समानताको बलियो आधार ः सिर्जनात्कम प्रविधिमा महिलाको पहुँच बिस्तार’ भन्ने मुल नाराका साथ ११३ औं अन्तराष्ट्रिय महिला दिवस मनाइने भएको छ ।

विश्वभर प्रत्येक वर्ष मार्च ८ (फागुन २४) मा मनाउँदै आइएको अन्तराष्ट्रिय महिला दिवसका अवसरमा तुलसीपुर उपमहानगरपालिकाले विभिन्न कार्यक्रमहरु गर्ने जनाएको छ ।

दिवसको पुर्व सन्द्यामा सोमवार तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाको आयोजना गरेको समन्यात्मक छलफल कार्यक्रममा यस्तो जानकारी दिइएको हो ।

तुलसीपुरले विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि श्रमिक महिलाहरुको प्रोत्साहनका लागि विभिन्न क्षेत्रका महिलाहरुलाई समेटेर सम्मानको कार्यक्रमलाई निरन्तरता दिने निर्णय भएको महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख श्रेष्ठले बताइन ।

महिला दिवसका कार्यक्रमहरु धेरै सहर केन्द्रित मात्र हुने गरेको जनगुणासोलाई सम्बोधन गर्दै यस वर्ष महिला दिवसमा ग्रामिण क्षेत्रमा पनि कार्यक्रम गरिने उनले बताइन ।

सरोकारवालाहरुसगं भएको समन्यात्मक छलफल कार्यक्रममा यसवर्ष तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ स्थित कुटिचौरीका महिलाहरुको अवस्था,उनीहरुले भोग्दै आएका समस्यालाई पहिचान गर्न अन्तरक्रिया कार्यक्रम गर्ने निणर्य भएको छ ।

त्यस्तै मार्च ८ (फागुन २४) गते अन्तराष्ट्रिय महिला दिवस दिन भने तुलसीपुर उपमहानगरपालिका,विभिन्न सघं,सस्थाहरुको संयुक्त आयोजनामा उपमहानगरपालिकाको हलमा अन्तरक्रिया कार्यक्रम गरि दिवस मनाउने तयारी गरेको छ ।

तुलसीपुर उपमहानगरपालिकाका उपमेयर स्यानी चौधरीको अध्यक्षतामा भएको छलफल कार्यक्रममा बालअधिकारकर्मी नवराज लामिछाने,अधिकारकर्मी सुस्मा गिरी,ओरेक दाङका कल्पना चौधरी,बेसका लोमचन्द चौधरी,फेडो दाङका अध्यक्ष युवा करारा लगाएतको सहभागिता थियो ।

 

 

प्रकाशित मिति : २०७९ फाल्गुन १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *