२०८२ असार ४ गते बिहिवार

७ महिनामा करिब २२ प्रतिशत मात्रै बजेट खर्च

तुलसीपुर, फागुन १५ । दाङ तुलसीपुर उपमहानगरपालिकाले चालु आर्थिक वर्षको ७ महिनामा करिब २२ प्रतिशत मात्रै पूजिगत खर्च गरेको छ ।

पूजिगत तर्फ ५७ करोड ९९ लाख ८९ हजार ६ सय ८२ बजेट विनियोजन गरिएकोमा चालु आर्थिक वर्ष २०७९/०८० मा २१.८४ प्रतिशत मात्रै खर्च भएको छ ।

उपमहानगरपालिकाका प्रवक्ता माधव वलीका अनुसार चालु वर्षमा १२ करोड ६७ लाख २७ हजार ३ सय ७१ रूपैँया मात्रै खर्च भएको छ ।

यो साउनदेखि माघ महिना भरि भएको विकासे बजेट खर्च हो । चालु वर्षको ६ महिनामा ५० प्रतिशत खर्च गर्नुपर्ने भएपनि त्यसो हुन सकेको छैन । जसले गर्दा विकास निर्माणका काम न्यून हुने गरेका छन् ।

चाडपर्व तथा संघ र प्रदेशको निर्वाचनले गर्दा विकासे बजेट खर्च न्यून भएको तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता माधव वलीले बताए ।

‘बीचमा चार्डवाड पनि परे, निर्वाचन पनि भयो’,उनले भने‘त्यसले गर्दा विकास बजेट खर्चको अवस्था पनि न्यून भएको हो ।’

पुस महिनादेखि मात्रै पूजिगत खर्च बढेको उनको भनाई छ । अब फागुनदेखि तिब्र गतिमा विकासे बजेट खर्च हुने समेत प्रवक्ता वलीले बताए ।

उपभोक्ता समितिका पदाधिकारीहरू पनि चैतमा फुर्सदमा हुने तथा बालीनाली भित्र्याएपछि नयाँ ट्रयाक खोल्ने जस्ता कार्य हुने भएकाले पनि पूजिगत खर्चमा केही ढिलाई आउने गरेको समेत उनको भनाई छ ।

 

प्रकाशित मिति : २०७९ फाल्गुन १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *