निरला अर्याल,तुलसीपुर,फागुन १४ । तुलसीपुर बजारकाे सडक पेटीमा रात बिताउने ७ जना व्यक्तिकाे उद्दार गरिएको छ ।
शनिबार बेलुका मानव सेवा आश्रम तुलसीपुरले सडक पेटीमा रात बिताउने व्यक्तिहकाे उद्धार गरिएको हो ।
दिउँसो समयमा उद्दारमा कठिनाइ हुने भएपछि रातकाे समयमा सडकमा आश्रीत मानवहरुकाे उद्दार गरेर अाश्रममा राखिएको मानव सेवा आश्रम तुलसीपुरका प्रमुख हिरु जोशीले बताए ।
विभिन्न समस्याका कारण सडकमा अाउनुपर्ने बाध्यता छ । पूर्व मेचि देखि पश्चिम महाकाली लगायत विभिन्न जिल्लाका मानिसहरु बेसाहारा जीवन बिताउन बाध्य रहेकाे अवस्थामा सडकमा पुगेकाे पाइएकाे छ ।
मेची घर बताउने सन्तोष कुमार बुढाथोकी तुलसीपुर ५ बसपार्क को पिपल बोट मुनि सुतिरहेको अवस्थामा उद्वार गरिएको हो ।
बुढाथोकीले आफ्नो परिवारमा आमा मात्र भएको बताएका छन् । पश्चिम दाङ घर बताउने सोही ठाउँमा आश्रम लिएका सुदन रेग्मी श्रीमतीकाे मृत्यु पश्चात आफू भौतारिएर हिँडेको बताएका छन् ।
यस्तै ओम प्रकाश नाम बताउने व्यक्तिलाई घोराही तुलसीपुरको रोडबाट उद्वार गरिएको छ ।
उनले बोकेको झोलामा औषधि छन् भने सुत्नको लागि बोकेको लत्ता कपडा पनि छ । मानव सेवा आश्रम मा जान नमानेका प्रकाशको अबस्था बुझ्दा उनी धेरै महिनाबाट सडकमा बसेको बुझिएको छ ।
यस्तै घोराही रोडको सडक पेटीमा रात बिताउने अर्का एक पुरुष भने बोल्न सक्दैनन् । इसाराले बताउने उनले आफू सडकमा खुसी साथ बसेको संकेत गरे ।
तुलसीपुर-१५ मानपुर घर बताउने गोपाल जिएम सल्यान छोरीको घरबाट आउँदा राती परेको हुनाले सडकमा बसेको बताएका छन् ।
उनले तुलसीपुर उपमहानरपालिका को निवर्तमान मेयर तथा वर्तमान मेयर समेत नाम लिएका छन् भने राजनीति विषयमा विज्ञ भएको उनको कुरा बाट प्रष्ट हुन्छ ।
तुलसीपुर-१० घर बताउने देवी खरेल र कोहलपुर घर बताउने प्रकाश थारु लाई मानसरोवर अगाडि बाट उद्दार गरिएको हो ।
उद्धारमा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी पुष्पराज मल्ल, ट्राफिक कार्यालय तुलसीपुर का प्रमुख तीर्थ भुसाल, तुलसीपुर उपमहानगर पालिका महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठ, महिला मानव अधिकार रक्षक सञ्जाल दाङको पुर्ब अध्यक्ष सुष्मा गिरी, दाङ भ्याली यातायात प्रालि तुलसीपुरका प्रमुख महेन्द्र महरा, रेडियो हाम्रो पहुँचका समाचार सम्पादक जीत सागर जीएम लगाएतको उपस्थिति रहेको थियो ।