२०८२ बैशाख ११ गते बुधवार

त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिको चौथो साधारणसभा तथा दोस्रो अधिबेशन

यातयात क्षेत्र विरामी छ : केन्द्रिय अध्यक्ष स्वाँर

तुलसीपुर, फागुन १२ । त्रिशिद्धेश्वरी राप्ती यातायात सेवा प्रा.लि केन्द्रिय कार्यालय तुलसीपुरको चौथो साधारण सभा एव दोश्रो अधिबेशन सम्पन्न भएको छ ।

शुक्रबार एक कार्यक्रमका बिच नेपाल यातायात ब्यबसायी राष्ट्रिय महासघका केन्द्रिय अध्यक्ष बिजय बहादुर स्वाँरले कार्यक्रमको उदघाटन गरेका हुन ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि स्वाँरले यातायात क्षेत्र अति पिडादायी अवस्थमा रहेको उनले उल्लेख गरे ।

‘यातायात क्षेत्र कोभिड देखि विभिन्न कारणले पछिल्लो अवस्थामा थिलोपरेको छ यसमा हाम्रो चिन्तन छ,सार्वजनिक यातायातलाई कसरी राम्रो बनाउन सकिन्छ भन्ने –उनले भने ।’

उनले सार्वजनिक यातायातलाई जुन पद्धती र नितिअनुसार राज्यले लैजानु पर्ने भएपनी त्यो गर्न नसकेको बताए ।

स्वाँरले नीजि क्षेत्रको लगानीमा राज्यलाई
आफुहरुले सहयोग गरेको भन्दै राज्यले धन्यवाद दिनुपर्ने बताए । उनले एकदिनमात्र यातायात सेवा बन्द गरेर आफुहरु घरमा बस्नेहो भन्ने के हुन्छ ? त्यसपछि थाहा हुने तर्क समेत गरे ।

‘हिजो दुई तिहाईको सरकारले यातायात
व्यवसायीहरुलाई सिन्डिकेटको नाममा धारासाहि हुने काम गरेको बताए । ‘नेपालको यातायात क्षेत्र बिरामी परेको छ , न हामी संग राज्य खुसीछ न,हामी खुसी छौं उनले भने ।’

उनले यातायात व्यवसायीहरुको समस्या समाधानका लागी छुट्टै यातायात प्राधिकरण य गठन गर्नुपर्ने बताए । कार्यक्रममा
नेपाल पत्रकार महासघका केन्द्रिय अध्यक्ष बिपुल पोख्रेलले यातायात व्यवसायीले राज्यलाई अभिभावक ठानेर अगाडी बढने अवस्था नभएको भन्दै अभिभावको भुमिका खेल्नु पर्ने बताए ।

‘न राज्य यातायात व्यवसायी न संचारकर्मीको समस्या समाधान गर्न सक्यो –पोख्रेलले भने । उनले यातायात व्यवसायी र सञ्चार क्षेत्र एक भएर लाग्नु पर्ने बताए ।

त्यस्तै नेपाल यातायात ब्यबसायी राष्ट्रिय महासंघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले नेपालको यातायातको क्षेत्रमा र त्रिशिद्धेस्वरी प्रालिको भुमिका अतुलनीय रहेको भन्दै प्रशंसा गरे ।

उनले अरबौ लगानी रहेको यातायात क्षेत्रलाई राज्यले नहेरेर अस्तब्यस्त बनाइएको तर्फ गरे । ‘३० बर्ष पहिले बनेका ऐन कानुन अहिले पनि लागु छन् नयाँ कानुन नबन्दा सम्म यातायात क्षेत्रमा समस्या जिउको तिउ छ । जब सम्म यातायात क्षेत्रको बिकास हुदैन तबसम्म मुलुकले आर्थिक समृद्धि हुन नसक्ने ठोकुवा गरे ।

कार्यक्रममा महासंघका केन्द्रिय उपाध्यक्ष डम्बर पन्त, केन्द्रिय महासचिव टेकनाथ गौतमले यातायात ब्यबसायी माथी देखिएको समस्या र चुनौतीलाई समाधान गर्न,ब्यबसायीहरुको घाउमा मलहम पट्टि लगाउन केन्द्रिय समितिले २१
बुद्दे भाबी कार्ययोजना तय गरेको बताए ।

उनले यातायात ब्यबसायी भित्र भएका कमिकम्जोरिलाई सुधार्दौ ब्यबसायी एकताका साथ अगाडी बढन जरुरी रहेको
बताए ।

त्यस्तै केन्द्रिय कोषाध्यक्ष ज्ञानेद्र श्रेष्ठले यातायात
ब्यबसायिको समस्या समाधानको निम्ति स्वयं ब्यबसायी नै लाग्नु पर्ने बताए ।

कार्यक्रममा केन्द्रिय सदस्य टक केसी ,केन्द्रिय सदस्य पदम सापकोटा जिल्ला समन्वय समिति दाङ अध्यक्ष नित्यानन्द शर्मा,दाङका प्रमुख जिल्ला अधिकारी सुशील बैध, दाङका प्रहरी प्रमुख बिरबहादुर वलीले समृद्ध यातायात
व्यबस्थाका लागि राज्य गम्भीर बन्न नसकेका कारण कयौ ब्यक्तिहरुले अकालमा ज्यान गुमाउनु परेको स्मरण गर्दै यस तर्फ राज्य जिम्मेवार बन्नु पर्ने धारणा राखे ।


कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले यातायात
क्षेत्रमा आइरहेका समस्या र चुनौतीले नेपालको अर्थतन्त्रलाई प्रभाब पारेको बताए ।

‘यात्रुहरूको सेवाको निम्ति राज्यका नीति र नेतृत्वसग जोडिएर जान्छ तर सडक निर्माणको सवालमा राज्य गम्भीर हुन सकेन,यसले दुर्घटना गर्दा बढीरहेको मेयर खड्काले भने ।

उनले आर्थिक बन्दीका कारण यातायात व्यवसायीहरुले बैकबाट ऋण समेत पाउन नसकेको बताए ।

त्यस्तै घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले निजि क्षेत्रको लगानिलाई सुरक्षीत राख्न संघ प्रदेश र स्थानिय सरकार जिम्मेवार बन्नु पर्ने बताए ।

उनले दाङको फोरलेन सडक निर्माणका लागि सबै
उत्तरदायी बन्नु पर्ने बताए । उनले नागरिकलाई सहज यात्रका लागि घोराही उपमहानगरपालिकाले नगर बस संचालनका लागि छलफलमा भैरहेको बताए ।

‘ निजि क्षेत्रको सहकार्य बिना कुनै पनि क्षेत्र अगाडी बढन सक्दैन, नीजि क्षेत्रले गर्दा आज योदेशमा समृद्धी छाएको छ उनले भने ।’

प्रालिका अध्यक्ष सुरेश हमालको अध्यक्षता भएको कार्यक्रममा बबई गाउँपालिकाका
अध्यक्ष कुलबहादुर खत्री,कृष्णसार यातायात सेवा प्रालिका अध्यक्ष सम्भु रिजालले यातायात ब्यबसायीले आफ्नो पेसा र ब्यबसायलाई मर्यादित र ब्यबस्थित बनाउन ध्यान दिनु पर्ने बताएका थिए ।

त्रिशिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिका पुर्ब अध्यक्ष देबिबहादुर डिसी, बागेश्वरी यातायात प्रालिका अध्यक्ष गणेश प्रसाद आचार्य,पश्चिम
नेपाल यातायात प्रालिका अध्यक्ष चेतनारायण बेल्बासे,नमस्ते यातायात प्रालिका अध्यक्ष बामदेब खनाल,जलजला यातायात प्रालिका अध्यक्ष तेजबिक्रम रावत,नेकपा एमाले दाङका अध्यक्ष हुकुम बस्नेत,नेपाली काग्रेस दाङका सचिब
अर्जुन योगि,नेकपा माओवादी दाङ जिल्ला इन्चार्ज निर्मल आचार्य,राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्य,नेकपा समाजवादिका जिल्ला उपाध्यक्ष चुर्ण वली ,राष्ट्रिय स्वतन्त्र पार्टी दाङका अध्यक्ष भक्त डाँगी ,तुलसीपुर चेम्बर अफ कमर्शका अध्यक्ष टोप बहादुर घर्ती ,प्रालिका पुर्ब कार्यालय प्रमुख डा . लोकराज पराजुली ,पूर्व वडा नंं ६ का अध्यक्ष नबराज लामिछाने ,नेपाल यातायात मजदुर सघ दाङका अध्यक्ष पदम वली ,नेपाल यातायात मजदुर संगठनका केन्द्रिय उपाध्यक्ष केशब बहादुर भण्डारी,अखिल नेपाल यातायात महासंघका केन्द्रिय उपमहासचिब घनस्याम डाँगी तुलसीपुर खानेपानी तथा सरसफाइ सस्थाका अध्यक्ष यमकान्त भण्डारी,तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष राम प्रसाद चालिसे, कर्मचारी युनियन प्रालिका अध्यक्ष दिन शाहलगायतले छरिएर रहेका यातायात ब्यबसायीलाई समेटर एक ठाउँमा ल्याउने भुमिका त्रिशिद्धेश्वरी यातायातले खेल्नु पर्ने बताएका थिए ।

ब्यबसायी एकता आजको आबश्यकता,यात्रुमैत्री यातायात सेवा हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ सुरु भएको अधिवेसनमा प्रालिका प्रबन्धक पुष्कर धितालले सागठनिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।

प्रालिका संरक्षक भरतनाथ योगिको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण प्रालिका सचिव
मिनप्रकाश भट्ट र प्रेस सल्लाहकार शरद रेग्मिले गरेका थिए ।

कार्यक्रममा प्रालिमा स्थापना गरिएको विभिन्न अध्यकोशबाट पुर्ब अध्यक्षहरु,दर्जनौ बढी ब्यक्ती तथा विभिन्न संघ सस्थाहरुलाई सम्मान तथा पुरस्कृत समेत गरिएको थियो ।

साथै प्रालिको चौथो साधारणसभा एब दोश्रो
अधिबेशनले भोलि शनिबार सम्म  नयाँ नेतृत्व चयन गर्ने जनाएको छ ।

 

प्रकाशित मिति : २०७९ फाल्गुन १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *