बुटवल,फागुन ११ । कपिलवस्तुमा एक युवकले आफ्नै बुवाको हत्या गरेका छन्।
कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर १० शितलापुरका ३० वर्षीय मनिराम पासीले आफ्नै बुवा ६४ वर्षीय मगरे पासीको हत्या गरेको वडा प्रहरी कार्यालय, चन्द्रौटाका प्रमुख कपिलजंग शाहीले बताए।
आफ्नी श्रीमती र बुवालाई आपत्तिजनक अवस्थामा देखेपछि हत्या गरेको र आत्महत्या भनी देखाउन शवलाई डोरीमा बाँधेर झुन्डाएको प्रहरीले जनाएको छ।
पासी र उनकी श्रीमतीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ।
श्रीमतीसँग आपत्तिजनक अवस्थामा देखेपछि हत्या गरेको पासीले स्वीकार गरेको प्रहरीको भनाइ छ।
प्रकाशित मिति : २०७९ फाल्गुन ११ गते बिहिवार