२०८१ बैशाख १२ गते बुधवार

दाङमा सिँचाइ कुलोमा डुबेर एक जनाको मृत्यु

दाङ ,फागुन १० । सिँचाइ कुलो (नहर)मा डुबेर आज बिहान दाङमा एक जनाको मृत्यु भएको छ ।

देउखुरीमा खेतमा सिँचाइ गर्ने देउपुर कुलोमा डुबेर लमही नगरपालिका–६ देउपुर निवासी करिब ५० वर्षीय कैलाश डाँगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरीका अनुसार डाँगीको बुधबार बिहान कुलोमा डुबेर ज्यान गएको हो । डाँगीको शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०७९ फाल्गुन १० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *