तुलसीपुर,फागुन १० । नेपाल प्रेस युनियन लुम्बनी प्रदेश कार्यसमितिको दोश्रो बैठक राप्ती गाउँपालिकाको मौरीघाटमा सम्पन्न भएको छ । उक्त बैठकले विभिन्न निणर्यहरु गरेको छ ।
नेपाल प्रेस युनियन लुम्बनी प्रदेशका अध्यक्ष सुदीप गौतमको अध्यक्षतामा बसेको बैठकले प्रदेश कार्यसमितिको कोष सञ्चालन गर्न साइन रेसुंगा डेभलपमेन्ट बैंक बुटवलमा खाता खोल्ने र कोष सञ्चालन गर्न अध्यक्ष,सुदीप गौतम,वा महासचिव नविन गिरी, मध्ये एक जना र कोषाध्यक्ष सी.पी खनालको अनिवार्य हस्ताक्षर चलाउने निणर्य गरेको छ ।
बैठकले विधानमा व्यवस्था भए अनुसार विभिन्न व्यक्तीहरु संयोजक रहने गरि विभाग गठन गरेको छ । जस मध्ये अनुसासन विभाग संयोजकमा जयसिंह केसी,संगठन विभाग संयोजकमा नविन गिरी,महिला विभाग संयोजकमा सारदा मल्ल,आर्थिक विभाग संयोजकमा सी.पी खनाल,प्रचार विभाग संयोजकमा पहलमान घर्ति,प्रशिक्षण विभाग संयोजकमा सुर्य प्र.भुसाल,प्रकाशन विभाग संयोजकमा कल्पना डुमे्र र आचारसंहिता तथा अनुसासन विभाग संयोजकमा शम्शेर विक्रम जिसी चयन भएका छन ।
यी विभागहरुको संयोजकहरुले आवश्यकतामा आधारमा बढीमा १५ जना सदस्यीय बनाउन सक्ने छन ।
त्यस्तै जिल्लातहमा प्रेस युनियनको अवस्था अनुगमन गरि अविलम्ब (फागुन १५ गते भित्र) कार्यसमितिमा प्रतिवेदन पेश गर्न निम्न पदाधिकारी तथा सदस्यहरुलाई प्रतिनिधिको रुपमा खटाउने निर्णय गरिएको छ ।
जसमा रोल्पा र बर्दियामा जयसिंह केसी, दाङ र बाँकेमा पहलमान घर्ति, कपिलबस्तु र नवलपरासीमा सारदा मल्ल, गुल्मी र रुपन्देहीमा सुर्य भुसाल, प्युठान र अर्घाखाँचीमा कल्पना डुम्रे, पाल्पा र पुर्वी रुकुममा शम्शेर विक्रम जिसीलाई खटाउने निणर्य भएको छ ।
त्यस्तै सदस्यहरु मध्ये प्रमोद आचार्यलाई रोल्पा,भिमा कंडेललाई बर्दिया,यमकला भुसाललाई दाङ,गौरव गिरीलाई बाँके,कृष्ण थापालाई कपिलबस्तु,रिवन्द्र यादवलाई नवलपरासी,विष्णु प्रसाद आचार्यलाई गुल्मी,तेजेन्द्र केसीलाई रुपन्देही,पारस भण्डारीलाई प्युठान,बसन्त बण्जाडेलाई अर्घाखाँची,सिमा भट्राईलाई पाल्पा र दिलिप खड्कालाई रुकुम पुर्व खटाउने निणर्य गरिएको महासचिव नविन गिरीले जानकारी दिए ।
त्यस्तै आगामी तेश्रो बैठक २०८० बैशाख महिनाको दोश्रो हप्ता कपिलबस्तुको तिलौराकोटमा बस्ने बैठकले निर्णय गरेको छ । बैठकले नेपाल प्रेस युनियन केन्द्रिय कार्यसमितिको निणर्य अनुसार प्रदेशका सबै शाखाले यहि फागुन २० गते भित्र नयाँ सदस्यता र नविकरण गरेका सदस्यहरुको विवरण विधानले तोकेको शुल्क सहित प्रदेश समितिमा पठाईसक्न केन्द्रिय निर्देशन अनुसार अनुरोध गर्ने निणर्य गरेको छ ।
साथै बैठकले दोश्रो बैठक आयोजना गरि आतिथ्यता प्रदान गर्ने दाङ शाखालाई धन्यवाद ज्ञापन गरेको छ भने प्रेस युनियनमा आवद्ध सदस्यहरुका परिवारजनको सदस्यहरुको विभिन्न मितिमा भएको दुःखद् निधनप्रति हार्दिक श्रद्धान्जली शोक व्यक्त गर्ने निणर्य समेत गरेको महासचिव गिरीले जानकारी दिए ।