२०८१ भाद्र २३ गते आइतवार

डिभाईन मन्टेश्वरीको ७ औं वार्षिक उत्सव

तुलसीपुर,फागुन १० । दाङ तुलसीपुर स्थित डिभाईन मन्टेश्वरीको ७ औं वार्षिक उत्सव मंगलबार सम्पन्न भएको छ ।

डिभाईन एजुकेसन फाउन्डेसन द्वारा संचालित डिभाईन मन्टेश्वरीको तुलसीपुर स्थित ड्रीम्स ब्याङ्केटमा विविध कार्यक्रम गरि वार्षिक उत्सव मनाईएको हो ।

डिभाईन एजुकेसन फाउन्डेसनका संस्थापक निर्देशक भोजराज न्यौपानेको अध्यक्षता एवम नेशनल प्याब्सन दाङका अध्यक्ष विमल गौतमको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै गौतमले डिभाईन एजुकेसन फाउन्डेसनले शैक्षिक विकासमा खेलेको भूमिकाको चर्चा गरे ।

साथै उनले डिभाईन मन्टेश्वरीले बालबालिकाहरुलाई संस्कार सहितको शिक्षा दिएकै कारण अभिभावकको रोजाईमा पर्न सफल भएको बताए । उनले भने,- बालबालिकाको पहिलो पाठशाला घर हो त्यसैले अभिभावकले घरमा पनि उचित संस्कार सँगै बालबालिकाको रुचिलाई चिन्न सक्नुपर्छ ।

कार्यक्रममा राष्ट्यि मानव अधिकार प्रतिस्ठानका विनोद कुमार श्रेष्ठ, नेशनल प्याब्सन दाङका कोषाध्यक्ष हरि प्रसाद भण्डारी, मन्टेश्वरीका अभिभावक हिमाल कडेल, दिपेश भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा फाउन्डेसनका निर्देशक न्यौपानेले संस्कार सहितको शिक्षा दिन सफल भएको बताए । साथै उनले बालबालिकालाई किताबी ज्ञान मात्र नभई व्यवहारिक रुपमै उत्कृष्ट बनाउँदै लगेको बताए ।

कार्यक्रममा बालबालिकाहरुले विभिन्न संस्कृती झल्कने नृत्य, गीत, कविता, नाटक प्रस्तुत गरेका थिए । त्यसैगरी विभिन्न विषयमा भनाई राखेका थिए ।

सो अवसरमा उत्कृष्ट शिक्षकको रुपमा सिमा थापा महरालाई सम्मान गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य मन्टेश्वरीकी प्रीन्सिपल विन्दु न्यौपानेले राखेकी थिईन भने कार्यक्रमको सहजीकरण मन्टेश्वरीकि शिक्षक सिमा थापा महरा र सुजाता श्रेष्ठले गरेका थिए ।

२०७२ साल देखि संस्कार र संस्कृतीलाई प्राथमिकतामा राख्दै संचालन भएको मन्टेस्वरीले शैक्षिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन १० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *