२०८१ बैशाख १३ गते बिहिवार

भाग्यमानी चन्द र पुन जस्ले चिठ्ठामा नयाँ बस जिते

तुलसीपुर, फागुन ९ । तुलसीपुरमा दुई ब्यक्तिले मंगलबार नयाँ बस चिठ्ठामा जितेका छन् ।

लाखौं मूल्य पर्ने नयाँ बस बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं. २ का बिशाल चन्द र दाङको बबई गाउँपालिका वडा नं. ७ मलैका बिष्णु पुनले चिठ्ठामार्फत जितेका हुन ।

उनीहरु दुबै जना राप्ती त्रिशिद्धेश्वरी यातायात प्रालिमा आवद्ध गाडी धनीहरु हुन ।

तुलसीपुरस्थित राप्ती त्रिशिद्धेश्वरी यातायात प्रालिले मंगलबार तुलसीपुरस्थित बिएस पार्टी प्यालेसमा चिठ्ठा कार्यक्रम आयोजना गरेको थियो ।

सोही चिठ्ठा कार्यक्रममा ब्यबसायी चन्द र पुनले बस जित्न सफल भएका हुन । यो प्रालिले आफ्नो संस्थामा आवद्ध करिब ६ सय जति गाडी धनीका लागि मात्रै भाग्यसाली चिठ्ठा कार्यक्रम आयोजना गरेको थियो ।

नेपाल प्रहरीका सहायक हवल्दार समेत रहेका चन्द हाल तुलसीपुरस्थित बसपार्क काउन्टरमा कार्यरत छन् । उनले २०७२ सालमा ना ४ ख ७७२५ नम्बरको बस किनेका थिए । जुन बस हालसम्म पनि दाङ–सल्यान– रुकुमसम्म संचालन हुँदै आएको छ ।

त्यस्तै दाङका पुनले एक बर्ष पहिले मात्रै बस किनेका थिए । ना ३ ख ४४०० नम्बरको उहाँको बस पुनकै गाँउको बाटो तुलसीपुर– पश्चिम मलैसम्म संचालन हुँदै आएको छ ।

चिठ्ठामा बस जितेपछि चन्द र पुन निकै खुसी थिए । उनीहरुलाई ब्यबसायीले अभिर खादा र माला लगाउँदै बधाई ज्ञापन गरेका थिए । उनीहरुले चिठ्ठामा जितेको बसको हालको बजार मुल्य ३१ लख ७५ हजार पर्ने गर्छ ।

बस भने डिसकाउन्डमा झन्डै १९ लाख मुल्यमा खरिद गरिएको प्रालिका पदाधिकारीले जानकारी दिए । बिङ्गो खेल मार्फत थप ९ जना ब्यबसायी मध्य ४ जनाले जनही तीन हजार र ५ जनाले नगद ६ हजार चिठ्ठामा जितेका थिए ।

त्रिशिद्धेश्वरी प्रालिले फागुन १२ गते आफ्नो दोस्रो साधारण सभाका अवसरमा बिजेतालाई बस हस्तान्तरण गर्ने प्रालिका अध्यक्ष सुरेश हमालले घोषणा गरेका थिए ।

२०४१ सालमा स्थापना भएको साबिक राप्ती अंचल सार्वजनिक बस ब्यबसायी समिति भौतिक संरचनाको दृष्टिकोणले नेपालकै धनी संस्था मानिन्छ । यात्रुबहाक बसहरुको संख्याको दृष्टिकोणले यो नेपालकै तेस्रो धेरै बसहरु भएको संस्था हो ।

जस्का जिल्लाका प्रमुख सहरहरु तुलसीपुर–घोराही, लमही र भालुवाङमा आफ्नै भवनहरु छन् । सल्यान र प्यूठान जिल्लामा मात्रै यो प्रालिको ५० रोपनी बढी जग्गा रहेको अध्यक्ष हमालले जानकारी दिए ।

यो संस्थानले बिगत केही बर्ष यता दुर्घटना न्यूनिकरणमा सहयोग पुगोस भन्ने उदेश्यले कुनै पनि दुर्घटना नगराएका चालक, सहचालक, राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहन बाफत नगद पुरस्कार प्रदान गर्दै आएको थियो ।

 

प्रकाशित मिति : २०७९ फाल्गुन ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *