तुलसीपुर, फागुन ९ । आँफै सवारी चेकजाँचमा खटिदा तुलसीपुरका प्रहरी अधिकारीले सार्वजनिक सवारी साधनबाट ब्राउन सुगर बरामद गरेका छन् ।
गएराति पौने दश बजेतिर सार्वजनिकि सवारी चेकजाँचका क्रममा तुलसीपुर बेलुका एक युवक ब्राउन सुगरसहित पक्राउ परेका हुन ।
झन्डै पाँच ग्राम प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ बेलुको दाजुभाइ चोकका २३ बर्षीय रुपकराज सुनारलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिए ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ स्थित दमारगाउँमा सवारी चेकजाँचका क्रममा नेपालगंजबाट तुलसीपुर तर्फ आउँदै गरेको रा १ ख २८७२ नम्बरको माइक्रोको सिटको पछाडि तर्फ लुकाई राखेको ब्राउन सुगर सुनार पक्राउ परेका हुन ।
सोमबार राति पौंने दश बजे तिर सुनार पक्राउ परेका हुन । डिएसपी मल्ल आँफै चेकजाँचमा खटिएका थिए ।
‘एलेक्स’ नामक तालिम प्राप्त कुकुरसहित आँफै सवारी चेकजाँचमा खटिएका डिएसपी मल्लले कुकुरको सहयोगमा माइक्रोबसको सिटबाट ६ पोका ब्राउन सुृगर बरामद भएको जानकारी दिए ।
सुनारले प्रहरी समक्ष उक्त ब्राउन सुगर नेपालगंजबाट भारतीय नागरिक संग किनेर ल्याएको बयान दिएको डिएसपी मल्लले बताए ।
पक्राउ परेका ब्यक्तिबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।