२०८३ बैशाख ६ गते आइतवार

बस पाउनु पर्ने माग गर्दै प्रहरीमा आचार्यको निबेदन

तुलसीपुर, फागुन ८ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ अम्बापुरका युवा गिरिराज आचार्यले बस आँफुले पाउनु पर्ने माग गर्दै प्रहरीमा निबेदन दिएका छन् ।

उनले रा १ ख १६८२ नम्बरको बस साढे २ बर्ष पहिले तुलसीपुर– १८ दूधरासका जंगबहादुर वलीसंग किनेका थिए ।

२०७७ साल असोज ३० गते बैंकको किस्तासहित २० लाख ८५ हजारमा आँफुले बस किनेको आचार्यले बताए ।

आचार्य भन्दा पहिले वलीले यो बस तुलसीपुर – १८ का तेजकुमार खत्रीसंग किनेका प्रहरी बताउँछ ।
आचार्यले बस किन्दा एउटा मोटरसाइकलसहित झन्डै पाँच लाख बुझाएको र मासिक झन्डै साढे ४३ हजार किस्ता बुझाउँदै आएका थिए ।

उनले यो अबधिमा किस्ता बाफतको रकम मात्रै १३ लाख ८५ हजार जति प्राइम कर्मसियल बैंकमा बुझाइ सकेका छन् । माघ १८ गते आचार्यले एक लाख ३६ हजार बैंकमा किस्ता जम्मा गरिदिए ।

अझैं उनले करिब ५ लाख रुकम बुझाए मात्रै बसको किस्ता चुक्ता हुने गर्छ ।

बस अम्बिकेश्वरी यातायात प्रालिमा दर्ता भइ तुलसीपुर – घोराही सडक खण्डमा संचालन हुँदै आएको छ । आचार्यले दुई महिनाको किस्ता यो बीचमा बुझाउन सकेका थिएनन् ।

त्यही भएर बैंकले सबै भन्दा पहिले बैंकबाट लोण झिकेर बस किनेका ब्यक्ति खत्रीलाई फोन गरि किस्ता नआएको सूचना दियो ।

त्यो सुचना पछि आचार्यले पार्किङमा राखेको बस पुस ५ गते एकाएक खत्रीले थुतेर ल्याए । बसको किस्ता तिरेपछि मात्रै बस दिने अडान खत्रीले आचार्यलाई बताए ।

अब आचार्यले किस्ता बाफतको रकम जोहो गर्न तर्फ लागे । माघ १८ गते मात्रै उनले किस्ता बुझाउन सके ।

यो बीचमा उनले पत्ता लगाए बस त पुस ४ गते नै खत्रीले तुलसीपुर – १७ का सञ्तोष चौधरीलाई बेचिसकेका थिए ।

त्यही भएर बस आँफुले पाउनु पर्ने माग गर्दै आचार्यले माघ ४ गते प्रहरीमा निवेदन दिएको इप्रका तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्ले जानकारी दिए ।

चौधरीलाई बस बेचेर खत्री भने बिदेश जान यात्रामा निस्किएको प्रहरी बताउँछ ।खत्री हाल अमेरिका जाने बाटोमा रहेको प्रहरी बताउँ छ ।

घटनाबारे अनुसन्धान सुरु भएको र आवश्यक परेको खण्डमा बस नियन्त्रणमा लिएर थप अनुसन्धान हुने प्रहरी बताउँछ ।

 

प्रकाशित मिति : २०७९ फाल्गुन ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *