सल्यान, फागुन ७ । सल्यानमा नन्दले भाउजू माथि धारिलो हतियार प्रहार गरेकी छिन् ।
जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नं.३ मुलखोला बस्ने ३१ वर्षिया दुर्गा ओलीले सोही ठाउँ बस्ने गाउँले भाउजु नाता पर्ने ३७ वर्षिया दुर्गी खड्का संग एक आपसमा सामान्य विवाद हुँदा दुर्गी खड्काको टाउकाको बाँया साईड र बाँया कानमा धारिलो हतियार प्रहार गरी घाईते बनाएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
घाइते दुर्गीलाई श्रीनगर स्थित परोपकार अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि नेपालगंज लगिएको छ ।
हतियार प्रहार गर्ने ओलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रकाशित मिति : २०७९ फाल्गुन ७ गते आइतवार