तुलसीपुर,फागुन ७ । नेपाल विद्यार्थी सघं केन्द्रिय आयुर्वेद विद्यापिठ बेलझुण्डीले प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीमा फलफुल वितरण कार्यक्रम गरेको छ ।
प्रजातन्त्र दिवसको अवसर पारेर सघंले आइतवार एक कार्यक्रमका बिच प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीमा फलफुल वितरण गरेको हो ।
त्यस अवसरमा २५ जना बिरामीहरुलाई फलफुल वितरण गरिएको हो ।
नेविसघं केन्द्रिय आयुर्वेद विद्यापिठ बेलझुण्डीका इकाई सभापति बसन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस तुलसीपुर –१८ का सचिव बिदुर गौतमले प्रजातन्त्र दिवसलाई जनताहरु रैतेबाट मालिक बनेको दिनको रुपमा लिने गरेको बताए । 
उनले यो दिन ल्याउनका लागि नेपाली कांग्रेस,विभिन्न भातृ सघं, विद्यार्थी सघंले अहम भुमिका निर्वाह गरेको स्मरण गरे ।
उक्त कार्यक्रमको सहजीकण नेपाल विद्यार्थी सघं केन्द्रिय आयुर्वेद विद्यापिठ बेलझुण्डीका इकाई सचिव प्रदिप दाहालले गरेका थिए ।
