घोराही,फागुन ७ । लेखक संघ दाङले २८ औ साधारण सभा एव सम्मान तथा पुरस्कार समारोह आज घोराहीमा सम्पन्न गरेको छ ।
लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपानेको अध्यक्षता एव साहित्यकार गुरुप्रसाद रेग्मी रतनको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभामा वोल्ने वक्ताहरुले साहीत्य समाजको दर्पण भएको बताउँदै वर्तमान समयमा विग्रीएको राजनीतीलाई सुधार गर्न साहित्यकारहरुको ध्यान जान आवश्यक रहेको वताए ।
राजनीतीमा आएको विचलनलाइ सुधार्न साहित्यकारहरुले सृजनाको माध्यमवाट खवरदारी गर्नु आजको आवश्यक्ता रहेको वताए ।
कार्यक्रममा प्रमुख अतिथि साहित्यकार गुरुप्रसाद रेग्मी रतनले अहीलेको मानव आफनो मुल्य मान्यता संस्कार र संस्कृती भुलेर पुर्णरुपले व्यवसायीक र आर्थीक मानव भएको वताउदै मूल्य मान्यता स्थापित गर्न र समयानुकल साहीत्य सृजनामा ध्यान दिन स्रष्टाहरुलाइ आग्रह गरे ।
कार्यक्रममा विशिष्ट अतिथि प्राज्ञ परिषदका पुर्व सदस्य साहित्यकार उत्तमकृष्ण मजगैयाले साहीत्यलाइ समृद्ध वनाउन लेखकसंघको भुमीका अतुलनीय रहेको वताउदै यसको सोचपनि फराकीलो रहेको वताउ ।
त्यस्तै सम्मानीत व्यक्तीत्व प्राध्यापक डाक्टर शिव कुमार सुवेदीले राजनीतीलाइ सुधार्न सर्जकरुहको लेखनीय आजको आवश्यकता रहेको वताए ।
त्यस अवसरमा राप्ती साहीत्य परिषदका केन्द्रिय अध्यक्ष टिकराम उदासी, महाकाव्यका प्रथम लेखीका साहित्यकार डा. वुनु लामीछाने, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल के सी, दाङ साहीत्य तथा संस्कृती प्रतीष्ठान तुलसीपुरका अध्यक्ष डिल्लीराज श्रीधर, देउखुरी साहीत्य तथा सास्कृतीक मञ्चका अध्यक्ष हरि पोख्रेल राप्ती साहीत्य परिषदका जिल्ल अध्यक्ष दिपक शर्मा समीर, पुरस्कार संस्थापक डा हिमलाल पन्थी, लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
यसैविच लेखकसंघ दाङले आफ्नो बार्षिक उत्सवका अवसरमा २८ जना साहित्यकार,लेखक तथा पत्रकारहरुलाई सम्मान गरेको छ । लेखक संघ दाङ्ले बार्षिक उत्सव समारोहको अवसरमा लेखक तथा संस्कृतविद प्रा.डा शिकुमार सुवेदीलाई सम्मान गरेको छ ।
त्यस्तैे बम–शंकर साहित्य पुरस्कार बाशुदेव जम्मरकट्टेल, नन्द प्रज्ञा पुरस्कार अस्मिता पाण्डेय,नारायण सल्याणी स्मृति साहित्य पुरस्कार हरिप्रसाद पौडेल ‘स्वर्ग शिखा’, तोयाराम इश्वरादेवी साहित्य पुरस्कार टीकाराम उदासी, निवुलाल डोङली थारु साहित्य पुरस्कार शेरबहादुर चौधरी, शारदा लोहनी स्मृति साहित्य पुरस्कार बसन्ता शाह, हरिकला–नन्द प्रतिभा पुरसकार ऋतृ खनाल, धनबाला साहित्य संगीत पुरस्कार शेरबहादुर थापा, पंडित कपिलमुनी शिवाकोटी विद्यासागर साहित्य पुरस्कार शेषमणि रिजाल, फर्साराम–धनकुमारी साहित्य पुरस्कार खेमराज रिजाललाई प्रदान गरेको छ।
त्यसैगरी नित्यानन्द शर्मा साहित्य प्रतिभा पुरस्कार बिष्णु आचार्य, अशोक–सुभद्रा काव्य पुरस्कार रामहरि रिजाल, दुर्गा–चित्रा प्रज्ञा पुरस्कार गोविन्द पोख्रेल, टिकाप्रसाद नारायणी साहित्य पुरस्कार नारदप्रसाद भण्डारी, मेघराज–लक्ष्मीदेवी प्रज्ञा पुरस्कार मोतीकुमारी विश्वकर्मा, पं. कृष्णमणि–इन्द्रिरा आचार्य साहित्य संगीत पुरस्कार तुलसा आचार्य, प्रबीण प्रज्ञा पुरस्कार राजेन्द्र दाहाल,दामोदर अम्विका बाल सम्ृति प्रतिभा पुरस्कार अमृता बुढाथोकी र विवश केसी, पूर्णचन्द्र–नारायणी स्मृति साहित्य पुरस्कार बसुन्धरा गौतम, उमानाथ प्रेमकुमारी स्मृति साहित्य पुरस्कार पद्यकमल शर्मा, बामदेव–खिमकुमारी स्मृति साहित्य पुरस्कार ऋषिकेशव भारद्वाजलाई प्रदान गरिने भएको छ ।
त्यसैगरी इन्द्र–देवका स्मृति पज्ञा पुरस्कार गुरुप्रसाद शर्मा रेग्मी, यज्ञबहादुर बुढाथोकी स्मृति पुरस्कार डा.बिष्णकुमार देवकोटा, चक्रमाया स्मृति साहित्य पुरस्कार बिमला खनाल, जमुना गिरी, गोमा गिरी साहित्य पुरस्कार कुलबहादुर वली, मञ्जु राणा स्मृति साहित्य पुरस्कार बिना दाहाल, लक्ष्मण कला साहित्य पज्ञा पुरस्कार सन्ध्या रेग्मीलाई प्रदान गरेको छ। ।
लेखक संघ दाङका सदस्य साहित्यकार हरिप्रसाद पाण्डेको स्वागत मनतव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण साहित्यकार सरिता देवकोटाले गरेकी थिइन ।