२०८१ बैशाख १० गते सोमवार

आज सातौँ निर्वाचन दिवसः आयोगले एकीकृत निर्वाचन कानुनको मस्यौदा पेस गर्दै

काठमाडौँ ,फागुन ७ । निर्वाचन आयोगले सातौँ निर्वाचन दिवसका अवसरमा निर्वाचन व्यवस्थापनलाई उपयुक्त नीतिगत, कानुनी र संस्थागत संरचनासहित समयानुकूल बनाउन एकीकृत निर्वाचन कानुनको मस्यौदा तयार गरी पेस गर्ने भएको छ।

फागुन ७ गते ९आज० निर्वाचन आयोगले सातौँ निर्वाचन दिवसको अवसरमा सो मस्यौदा पेस गर्न लागेको हो।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यस वर्षको निर्वाचनको सञ्चालन र व्यवस्थापनका क्रममा आयोगले संविधान र कानुनको पालनासहित अवलम्वन गरेका नविन अभ्यासहरूको समीक्षाका क्रममा केही सकारात्मक पहल गर्न सकिएको अनुभव‍ भएको बताएका छन्। उनले गत निर्वाचनका क्रममा देखिएका समस्या र चुनौतिलाई समाधान गर्न मार्गदर्शन पनि प्राप्त भएको उल्लेख गरे।

प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगलाई आएका सुझावलाई समेटेर आगामी निर्वाचनको तयारी गर्ने र निर्वाचन कानुन र व्यवस्थापनका क्रममा सुधार गर्नुपर्ने पक्षहरूमा पनि दृढतापूर्वक अग्रसर हुने प्रतिवद्धता जनाए उनले निर्वाचन पद, पैसा र पहुँचबाट प्रभावित नभइ निष्ठा, विचार र सिद्धान्तबाट निर्देशित हुनुपर्ने बताए। उनले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित र स्वतन्त्र बनाउन सहयोग गर्ने सबै पक्षलाई सो अवसरमा धन्यवाद ज्ञापनसमेत गरे।

‘वि.सं. २०१५ साल फागुन ७ गते नेपालमा आम निर्वाचन प्रारम्भ भई बालिग नेपाली मतदाताले आफ्नो सार्वभौम अधिकार प्रयोग गर्न पाएको महत्वपूर्ण दिनको स्मरण गर्दै आज (फागुन ७ गते) हामी सातौँ निर्वाचन दिवस उल्लासमय वातावरणमा मनाउँदै छौँ। आयोगको परामर्शमा नेपाल सरकारबाट तोकिएका मितिमा शान्तिपूर्णरूपमा निर्वाचन सम्पन्न गराएर आयोगले आफ्नो संवैधानिक दायित्व कुशलतापूर्वक निर्वाह गरेको छ भन्न पाउँदा हामीलाई अत्यन्त खुसी लागेको छ। यो वर्ष निर्वाचन आयोग तथा आम मतदाताहरूका लागि पनि विशेष वर्षको रूपमा रहेकोले सातौं निर्वाचन दिवस पनि विशेष र अविष्मरणीय रहन गएको मैले महसुस गरेको छु।’ उनले भने।

प्रकाशित मिति : २०७९ फाल्गुन ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *