तुलसीपुर,फागुन ७ । तुलसीपुर नगर जेसिजले शनिबार दिनभर तुलसीपुर ९ स्थित त्रिशक्ति शिव मन्दिरमा हेल्थ डेस्क सञ्चालन गरेको छ ।
भक्तजनहरुलाई मध्येनजर गरि हेल्थ डेस्क स्थापना गरिएको कार्यवहाक अध्यष झग्गुप्रसाद सापकोटा‘सुसान्त’ले बताए ।
उनका अनुसार भक्तजनहरुमा आउने हरेक स्वास्थ्य अबस्थालाई मध्यनजर गरि हेल्थ डेस्क स्थापना गरिएको हो ।
सापकोटाको अध्यक्षता तथा वडाध्यक्ष घनश्याम ढकालको प्रमुख आतिथ्यमा कार्यक्रम गरि हेल्थडेस्क स्थापना गरिएको हो ।
त्यस अवसरमा प्रमुख अतिथि ढकालले हेल्थ डेस्क स्थापना भएपछि भक्तजनहरुले सहजै स्वास्थ्य सेवा पाउने भन्दै यो कार्य प्रशंसनिय रहेको बताए ।
त्यस अवसरमा तुलसीपुर नगर जेसिजका पूर्वध्यक्ष झरेन्द्र खरेल, दिपेश भण्डारी, मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष विनोद अधिकारीले मन्तब्य ब्यक्त गरेका थिए ।
जसको कार्यक्रम संयोजकमा कमल थापा थिए । यसलाई एलिसन फार्मेसीले शौजन्य गरेको थियो ।