२०८१ माघ २६ गते शनिवार

आज ७३ औँ प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडाैँ,फागुन ७ । आज फागुन ७ गते। आज ७३ औँ प्रजातन्त्र दिवस विविध कार्यक्रम गरी देशभरि मनाइँदै छ।

१०४ वर्षे जहानियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिनको सम्झनामा फागुन ७ गते प्रजातन्त्र दिवस मनाइने गरिन्छ।

जनताको क्रान्तिको कारण नै राणाशासनकाे अन्त्य भइ प्रजातन्त्र घोषणा भएको सुखद अवसरमा फागुन ७ मा नेपाल सरकारले यस दिनलाई सार्वजनिक विदासमेत दिँदै आएको छ।

सोही अवसरमा आज विभिन्न संघसंस्थाहरूले औपचारिक/अनाैपचारिक रूपमा यस दिवस मनाउनेछन्।

प्रजातन्त्र प्राप्तिकै लागि भएका संघर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले ज्यान बलिदान दिएका थिए।

उनीहरूलाई विसं १९९७ माघमा तत्कालीन राणा शासकहरूले मृत्युदण्डको सजाय दिएका थिए।

सो समय उनीहरूले प्रजापरिषद् नामक राजनीतिक दल स्थापना गरी भूमिगत रूपमा प्रजातन्त्र प्राप्तिका लागि जनतामा जागरण ल्याएको अभियोग लागेको थियो।

सोही अभियोगकै आधारमा उनीहरूले मृत्युदण्डको सजाय भोग्नु परेको थियो।

प्रकाशित मिति : २०७९ फाल्गुन ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *