२०८३ बैशाख २ गते बुधवार

नक्कली नोटसहित तीनजना पक्राउ

बाँके,फागुन ४ । बाँके प्रहरीले नक्कली नोटसहित तीनजनालाई पक्राउ गरेको छ।

प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४, न्यूरोडबाट ५ लाख ६९ हजार रुपैयाँ नक्कली नोटसहित बाँके कोहलपुरका मोहन कुमाई, सल्यान बनगाडका मोहन राना र तुर्माखाद अछामका दिपक विसीलाई पक्राउ गरेको हो।

बाँके प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद घर्तीमगरले नक्कली नोटको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङ र बाँके प्रहरीले उनीहरूलाई नोटसहित पक्राउ गरेको जानकारी दिए।

पक्राउ परेका व्यक्तिले नक्कली नोट कहाँबाट छापेर ल्याएरु कसरी ल्याएरु कति सटही गरेरु भन्नेबारेमा अनुसन्धान भइरहेको प्रवक्ता घर्तीमगरले बताए।

नेपालगञ्जमा केही दिनअघि नक्कली नोट छाप्ने मेसिनसहित केही रकम बरामद भएको थियो। यी घटनालाई हेर्दा बजारमा नक्कली नोट छ्याप्छ्याप्ती रहेको आशंका गरिएको छ।

यसैबीच, प्रहरीले ५० ग्राम लागुऔषधी ब्राउनसुगरसहित पक्राउ परेका तीन जनालाई पनि बिहीबार सार्वजनिक गरेको छ।

माघ २६ गते नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १, वाटरपार्कबाट पक्राउ परेका रुकुम पश्चिम सानोभेरीका तिलक डाँगी, सोविराम केसी र विनोदकुमार गौतमलाई प्रहरीले सार्वजनिक गरेको हो।

 

प्रकाशित मिति : २०७९ फाल्गुन ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *