दाङ ,फागुन ४ । राजपुर गाउँपालिकाले अग्निपीडितलाई तत्काल राहत उपलब्ध गराएको छ। पीडितको पुनर्स्थापना गर्नभने बाँकी छ।
राजपुर गाउँपालिका – ४ सत्यदेउ यादबको घरमा गत २९ गते राती एक्कासी आगलागी हुँदा घर नष्ट भएको थियो।
आगलागीबाट करिब ८ लाख बराबरको नोक्सान भएको प्रहरीको भनाइ छ। घरमा रहेका लत्ताकपडा भाँडाकुडा, खाद्यान्न जलेर नष्ट भएको पीडित यादबले बताए।
तिनै अग्निपीडितलाई गाउँपालिकाले खाद्यान्न सहयोग गरेको छ। २ बोरा चामल, चिउरा, ४ किलो दाल, २ लिटर तेल सहयोग गरेको हो।
आगलागीबाट बस्ने बास नै उजाडिएपछि तत्काललाई सान्त्वना स्वरुप राहात सहयोग गरिएको राजपुर गाउँपालिकाका अध्यक्ष शरद बुढाथोकीले बताए।
पीडित परिवारलाई मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र सिड्स परियोजनाले पनि त्रिपाल सहयोग गरेको छ। २ वटा त्रिपाल, २ वटा म्याट, बाल्टी, किड सहयोग गरिएको मानव कल्याण राजपुरका प्रमुख राजेन्द्र अधिकारीले जानकारी दिए।
अध्यक्ष शरद बुढाथोकी, उपध्यक्ष धनपती देवी यादब, वडाध्यक्ष रामेस्वर यादब, मानव कल्याणका प्रमुख राजेन्द्र अधिकारी बिहीबार बिहान पिडितको घरमा राहात लिएर गएका हुन्।