२०८२ जेष्ठ ४ गते शुक्रवार

सीता एयरले दाङबाट हप्तामा ३ दिन उडान भर्ने

तुलसीपुर ,फागुन ३ । सीता एयरले दाङको टरिगाउँ एयरपोर्टमा उडान भर्न सुरु गरेको छ । बुधबारदेखि उडान भरेको एयरले अब हप्तामा तीन दिन उडान भर्ने छ ।

एयरका क्षेत्रिय प्रबन्धक विनोद मिश्रका अनुसार सोमबार, बधबार र शनिबार उडान भर्नेछ ।

यो संगै अब हप्तामा ६ दिन एयरपोर्टमा जहाज उडान हुने भएको छ । यस अघि नेपाल एयरलाईन्सले आईतबार, मंगलबार,विहीबार र शनिबार उडान भर्दै आएको छ ।

पहिलो दिन सीता एयरमा दाङबाट काठमाडौं ८ जना र काठमाडौंबाट दाङ आउँदा ३ जना यात्रु सवार थिए ।

अब शनिबार सीता एयर र नेपाल एयरलाईन्स दुबैले उडान भर्नेछन् । सीताले दाङबाट काठमाडौं जाँदा ८ हजार र काठमाडौंबाट दाङ आउदा ८ हजार एकसय भाडा तय भएको छ ।

मिश्रका अनुसार काठमाडौंबाट दिउसो १२ः१० बजे उडान भर्नेछ, भने दाङबाट दिउसो साढे १ बजे उडान भर्नेछ ।

माघ १३ गते टरिगाउँमा सीता एयरले परीक्षण उडान भनेको थियो । अहिले जहाज नियमित नहुँदा यात्रुहरुहरुले पटक–पटक धोका पाउने गरेका छन् ।

त्यसले गर्दा पनि सीता एयरसंग सहकार्य अघि बढाएको तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले बताइन ।

हाल टरिगाउँबाटै इन्धन डिपो स्थापना भइ सञ्चालनमा पनि आइसकेको छ । तर, भाडा भने घट्न सकेको छ्रैन् ।

नेपाल एयरलाईन्सले दाङदेखि काठमाडौंको न्यूनतम आठ हजार आठ सय दश रुपैंया र काठमाडौंदेखि दाङको भाडा न्यूनतम नौं हजार १० रहेको छ ।

हाल रहेको ७५० मिटर लम्बाई र ३० मिटर चौडाई रहेको धावनमार्ग पनि विस्तारकालागि पहल भइरहेको छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *