२०८१ बैशाख १० गते सोमवार

लागूपदार्थ दुव्र्यशन बिरुद्धको जनचेतना अभियान

तुलसीपुर, फागुन ३। ब्राह्कुमारी राजयोगी ईश्वरी विश्व विद्यालय क्षेत्रीय कार्यालय तुलसीपुरको आयोजनामा (८७ औं त्रिमूति शिव जयन्ती) महाशिवरात्री महोत्सव एवं लागूपदार्थ दुर्ब्यशन बिरुद्धको जनचेतना अभियान कार्यक्रम सम्पन्न भएको छ ।

ब्राह्मकुमारी राजयोग ईश्वरी बिश्व बिद्यालय तुलसीपुरका प्रमुख गिता दिदिको अध्यक्षता तथा तुलसीपुर नगरपालिकाका नगरप्रमुख टिकाराम खडकाको प्रमुख आतिथ्य एव उपप्रमुख श्यानी चौधरीको विशिष्ट आतिथ्यमा भब्एको कार्यक्रममा महाशिवरात्री पर्व दुव्र्यसन तथा कुरीतिबाट मुक्त भएर प्रेरक शक्तिको पर्वको रुपमा शिवरात्री पर्व मनाउनु पर्ने उक्त कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका थिए ।

कार्यक्रममा बोल्दै नगरप्रमुख खड्काले धर्मले मानिसलाई अनुशासित बनाउने र समाजमा शान्तिको स्थापना हुनेमा जोड दिए ।

विश्वविद्यालयमा पुर्विय दर्शनका नैतिक शिक्षा दिएको भन्दै पछिल्लो समयमा लागुपदार्थ दुव्र्यसन बढदै गएकाले यसलाई न्यूनिकरण गर्न सवै लाग्नुपर्ने बताए ।

ब्रह्माकुमारीज राप्तीक्षेत्रका सचिव राजयोगी शिवलाल महताराले समाजमा रहेको दुव्र्यसनी तथा भ्रष्टाचारलाई निरुत्साहित गर्दैै उच्च नैतिक समाज निर्माणका लागी शिवरात्री पर्व मनाउने गरिएको बताए ।

उनले महाशिवरात्रीमा भाङ्ग, धतुरो , वा नशालु पदार्थ शिवजीलाई अर्पण गरेर आफुमा भएको कुलत त्याग्नु नै महाशिवरात्री पर्वको महत्व रहेको बताए ।

त्यस्तै उनले हाल नेपाल दुव्र्यसन बढी रहेको भन्दै यसलााई रोक्न स्थानीय निकाय तथा अन्य सरोकारवालाहरु लाग्नु पर्ने बताए ।

उनले लागुऔषध÷ लागू पदार्थ तथा दुव्र्यसन विरुद्ध अभियान विभिन्न गाँउपालिका तथा नगरपालिकामा सञ्चालन गरी सचेता दिएको बताए ।

कार्यक्रममा ब्रह्माकुमारीज मधुवन आध्यात्मिक पुनर्जागरण केन्द्र घोराही दाङका प्रवक्ता ब्रह्माकुमार माधव तिमिल्सेनले विकास संगै पछिल्लो समयमा विनास पनि भएको भन्दै जताततै अति भएको बताए ।

उनले युगपरिवर्तन हुन लागेको भन्दै सुस्कृत समाज निर्माण गर्न सवै लाग्नु पर्ने बताए ।

 

प्रकाशित मिति : २०७९ फाल्गुन ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *