२०८१ बैशाख ११ गते मङ्गलवार

स्थापना दिवसमा मैत्रिपुर्ण प्रतियोगीता आयोजना गरिने

दाङ,फागुन २ । दाङ जिल्ला उद्योग वाणिज्य संघले आफनो स्थापना दिवस तथा साधारण सभाको अवसरमा व्यवसायीहरु विच मैत्रि पुर्ण प्रतियोगीता आयोजना गर्ने भएको छ ।

संघको बैठकले स्थापना दिवस तथा साधारण सभामा मैत्रिपुर्ण प्रतियोगीता आयोजना गर्ने निर्णय गरेको हो ।

बैठकले रक्तदान, फुटवल, हाजिरी जवाफ, दौड, वोरा दौड प्रतियोगीता गर्ने निर्णय गरेको छ ।

खेलको माध्यम वाट व्यावसायीहरुलाई आपसमा परिचयात्म तथा रमाइलोको लागि मैत्रि पुर्ण प्रतियोगीता आयोजना गरिएको संघका अध्यक्ष टंकसिंह वुढाथोकीले जानकारी दिए । जसका लागि जिम्मेवारी समेत प्रदान गरेको छ ।

रक्तदानका लागि सदस्य जुद्धवहादुर घर्ति (जगत) को संयोजकत्वमा लिलाराम खड्का र एक नारायण पौडेल सदस्य रहेको समिती निर्माण गरेको छ ।

फुटवल प्रतियोगीताका लागि माधव खनालको संयोजकत्वमा जगतप्रसाद आचार्य र विकास वली सदस्य रहेको समिती गठन गरेको छ ।

हाजिरी जवाफ प्रतियोगीताका लागि भरतप्रसाद रेग्मीको संयोजत्वमा ज्ञानबहादुर फौदार क्षेत्रि र मित्रदेव अधिकारी सदस्य रहेको समिती गठन गरेको छ ।

दौड प्रतियोगीताका लागि विनोद पाण्डेको संयोकत्वमा लिलालाम खड्का र सन्तोष सोनी सदस्य रहेको समिती गठन गरिएको छ ।

वोरा दौडको लागि देवकला वस्नेतको संयोजकत्वमा विष्णुप्रसाद रिजाल र विष्णुप्रसाद गौतम सदस्य रहेको समिती गठन गरिएको छ ।

अतिथी सत्कार संघका अध्यक्ष निवर्तमान अध्यक्ष र पुर्व अध्यक्ष सदस्य रहेको समिती गठन गरिएको छ । मञ्च व्यवस्थापन, जलपान तथा निमन्त्रण समिती वरिष्ठ उपाध्यक्ष नरेश कार्कीको संयोजकत्वमा उद्योग उपाध्यक्ष अनिल आचार्य र वाणिज्य उपाध्यक्ष रामप्रसाद पोख्रेल सदस्य रहेको समिती गठन गरिएको छ ।

पुस्कार छनोट समितीमा संघका अध्यक्ष टंकसिंह वुढाथोकीको संयोजकत्वमा महासचिव महेन्द्र वुढाथोकी र निबर्वमान अध्यक्ष नारायणप्रसाद भुसाल सदस्य रहेको समिती गठन गरिएको छ ।

बैठकले नया वर्षको क्यालेन्डर प्रकाशनका लागि वाणिज्य उपाध्यक्ष रामप्रसाद पोख्रेलको संयोजकत्वमा सचिव नरेश श्रेष्ठ, जगतप्रसाद आचार्य, विकास वली र माधव खनाल सदस्य रहेको समिती गठन गरिएको संघका महासचिव महेन्द्र वुढाथोकीले जानकारी दिए ।

संघको स्थानीय दिवस चैत ९ गते र साधारण सभा चैतको ११ गते हुने भएको छ । बैठक संघका अध्यक्ष टंकसिंह वुढाथोकीको अध्यक्षतामा भएको थियो ।

प्रकाशित मिति : २०७९ फाल्गुन २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *