२०८३ बैशाख २ गते बुधवार

छिल्लीकोटमा अन्तरपालिका घुम्ती बैठक

मालिका-कालिका जोड्न केवलकार प्रस्ताव

छिल्लीकोट(दाङ), १ फागुन । ऐतिहासीक धार्मिक एवं पर्यावरणिय पर्यटकिय क्षेत्र छिल्लीकोटमा मालिका मन्दिर र कालिका मन्दिरलाइ जोड्न केवलकार सन्चालनको प्रस्ताव गरिएको छ ।

जिल्ला समन्वय समितिको आयोजनामा सम्पन्न पाचौं घुम्ति बैठकमा यस्तो प्रस्ताव गरिएको छ ।

पालिका प्रमुख, उपप्रमुख, प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरु सम्मिलित बैठकले केवलकार सन्चालनकालागी नेपाल सरकार पर्यटन वोर्डलाइ सिफारीस गर्ने निर्णय भएको घुम्ति बैठकका सदस्य सचिव तथा जिल्ला समन्वय अधिकारी मोहन सुवेदीले सन्चारकर्मिहरुलाइ बताएका छन् ।

दाङ जिल्ला समन्वय समितिले आयोजना गरेको अन्तरपालिका घुम्ति बैठकमा छिल्लीकोटलाइ घोराही तुलसीपुर सडकबाट जोड्न बैकल्पिक सडकको आवस्यकता रहेको पनि निर्णय भएको छ ।

त्यसका लागी सिमेन्ट उद्योग खानीक्षेत्र पहुँच सडकको विकल्पमा पर्यटकिय मार्ग विजौरीबाट छिल्लीकोट सम्म पु¥याउनका लागी प्रदेश तथा संघिय सरकार समक्ष अनुरोध गर्ने पनि निर्णय भएको छ ।

वाइसे चौविसे राज्यका रुपमा स्थापित छिल्लीकोट दाङ सल्यान र रोल्पाको समेत माल अड्डाका रुपमा चिनिन्छ ।

तात्कालिन राजा मेघनाथ सिहले राज्य गरेको छिल्लीकोट ऐतिहासीक मात्र नभएर धार्मिक तथा पर्यापर्यटकिय क्षेत्रका रुपमा पनि चिनिन्छ ।

विश्वकै दुर्लभ मानिने सुगन्ध कोकिलाको वनले प्रख्यात छिल्लीकोट सयौं प्रजातिका चराहरुको बासस्थान तथा हजारौं जडिबुटिको क्षेत्रका रुपमा पनि प्रख्यात छ । यहांका स्थानियबासीले एउटै सुगन्ध कोकिलाको बोटबाट दुइ लाख रुपैया सम्म बार्षिक आम्दानी गर्दै आएका छन् ।

अदुवा र टिमुरकालागी पनि छिल्लीकोट उर्वर भुमि हो । उत्तर तर्फ फकेको पाखा क्षेत्रमा मात्रै सुगन्ध कोकिला अर्थात मालागेडिको राम्रो खेती बन्न सक्छ ।

जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माको अध्यक्षतामा तथा तुलसीपुर उपमहानगरपालिकाको व्यवस्थापनमा सम्पन्न बैठकले तुलसीपुर उपमहानगरपालिकाले सुरु गरेका अशल अभ्यासहरुको समिक्षा गर्दै अन्य पालिकाहरुका साझा समस्याका विषयमा पनि बृहत छलफल गरेको छ ।

अन्तरपालिका बैठकमा दंगिशरण र तुलसीपुरलाइ जोड्ने तुइ सोतामा निर्माणाधिन पुल क्षेत्रमा जग्गाको स्वामित्व विवाद भएकाले जिल्ला समन्वय समितिले सहजीकरण गर्ने पनि प्रस्ताव गरिएको थियो ।

त्यसैगरी तुलसीपुर र शान्तिनगरलाइ जोड्ने एकली खोलामा पुल निर्माणमा पनि दुवै पालिकाको समन्वय बनाउन पनि जिल्ला समितिले सहजीकरण गर्नुपर्ने सुझाव दिइएको छ ।

बैठकमा वंगलाचुलि गाउपालिकाका उपाध्यक्ष भक्त वहादुर जिसिले पालिकामा असुरक्षा बढेको तथा सडक सुरक्षाका विषयमा गम्भीर ध्यानाकर्षण गराएका थिए ।

घोराही—मुर्कुटी—देविस्थान सडक निर्माणको काम अलपत्र रहेको भन्दै निर्माण कम्पनीलाइ चाडै काम सम्पन्न गर्नकालागी जिल्ला समन्वय समितिको भुमिकाको अपेक्षा गरेका थिए ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत मोहन पौडेलले घोराही—हापुर—रक्षाचौर सडकलाइ चाडो निर्माण सम्पन्न गर्नकालागी जिल्ला समन्वय समितिको सहजीकरणको आवस्यकता रहेको औल्याएका थिए ।

बैठकमा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले चारलेन सडकको हविगतका विषयमा जानकारी गराउंदै निर्माण कम्पनीले खटाएका प्रतिनिधिलाइ बोलाएर चाडो काम सुरु गर्न निर्देशन दिने अथवा ठेक्का रद्ध गरी नेपाल सरकार आफैले सडक स्तरोन्नतीका काम गर्ने वातावरण बनाउन जिल्लाका दशै पालिकाको ऐक्यवद्धता हुनुपर्ने बताए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख वीर वहादुर वलीले ऐतिहासीक पर्यटकिय एवं धार्मिक महत्व बोकेको छिल्लीकोटमा अस्थाइ प्रहरी पोष्ट राख्ने निर्णय जिल्ला सुरक्षा समितिको बैठकबाट भैसकेको भन्दै प्रहरी पोष्ट राख्नका लागी उपयुक्त वातावरण स्थानिय सरकारले मिलाउन पनि आग्रह गरे ।

साथै उनले न्यायिक समितिलाइ शशक्त र थप प्रभावकारी बनाउन कानुन क्षेत्रका विज्ञ कर्मचारी राख्न पनि सुझाव दिएका थिए ।

राप्ती गाउपालिकाका उपाध्यक्ष कमलापति चौधरीले स्थाइ राजधानी कार्यान्वयनकालागी जिल्लाका दशवटै पालिका संगै प्रहरी प्रशासनको साथ र सहयोगको अपेक्षा गरेकि थिइन् ।

साथै राप्ती गाउपालिकाका प्रमुख प्रशाशकिय अधिकृत नेव वहादुर वलीले पालिका प्रहरीको अवधारणामा एकरुपताको अपेक्षा गरेका थिए ।

कार्यक्रममा दंगिशरण गाउपालिकाका प्रमुख सम्भु गिरी, शान्ति नगरपालिकाका प्रमुख प्रमोद बस्नेत, लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगि, घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसी, ववइ गाउपालिकाका उपाध्यक्ष वम कुमारी खड्का, राप्ती गाउपालिकाका उपाध्यक्ष कमलापती चौधरी लगायतले जिल्लाको एकिकृत विकाशका सन्दर्भमा सवैको भावनात्मक एकता आवस्यक भएको भन्दै त्यसलाइ समन्वयकारी भुमिका निर्वाह गर्न जिल्ला समन्वय समितिलाइ आग्रह गरेका थिए ।

घुम्ति बैठकमा जिल्लाका दशवटा पालिका मध्ये राजपुर र गढवाको भने उपस्थीति रहेको थिएन । अन्तर पालिका घुम्ति बैठकमा जिल्लाका विभिन्न सन्चार माध्यमका करीव एक दर्जन सन्चारकर्मि तथा स्थानिबासीको समेत सहभागिता रहेको थियो ।

बैठकमा प्रमुख जिल्ला अधिकारी सुशिल बैद्धले जिल्ला समन्वय समितिको आयोजनामा सुरु भएको यो बैठक एउटा नौलो अभ्यास भएको भन्दै साझा एजेण्डालाइ हातेमालो गरेर अघि बढ्नुपर्ने बताए ।

साथै जिल्लाको समग्र शान्ति सुरक्षा एवं शुसासनकालागी स्थानिय सरकार सवैभन्दा प्रभावकारी हुने भएकाले साझा मुद्धामा सवैको सहकार्यको अपेक्षा गरे ।

बैठकको आतिथ्यता एवं व्यवस्थापन गर्ने तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले तुलसीपुर उपमहानगरपालिका स्याउलापानीमा रहेको जग्गाको स्वामित्व विवाद मिलाउन जिल्ला समन्वय समितिले भुमिका निर्वाह गर्न आग्रह गरेका थिए ।

विसं २०२८ शालमा नापी हुंदा त्यस क्षेत्रको नापी गोलमाल रहेको छ । त्यहांका कम्तिमा ४० परीवारको आफुले भोगचलन गर्दै आएको जग्गा सहि स्थानमा छैन ।

लालपुर्जा भएको जग्गा उपभोग नगरेर ती चालिसै घर परीवारले अर्काको जग्गा जोतभोग गर्दै आएका छन् । यो गम्भीर त्रुटि तत्काल समाधान गर्न पनि मेयर खड्काको आग्रह थियो ।

तस्बिर : फरककोण 

प्रकाशित मिति : २०७९ फाल्गुन १ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *