२०८१ बैशाख १२ गते बुधवार

दाङ प्रहरीको स्कुटर चोर प्रकरण: आईजिपिको निर्देशनपछि बन्यो छानबिन समिती

दाङ,फागुन १ । दाङ प्रहरीले स्कुटर चोरलाई बचाएको आरोप लागेपछि प्रहरी प्रधान कार्यालय काठमाडौंको निर्देशनमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयले घटना बारे छानबिन गर्न समिती बनाएको छ ।

लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआईजि टेकप्रसाद राइले घटना बारे ध्यानाकर्षण भइसकेको भन्दै घटना बारे यथार्थ छानबिन गर्न आफुले निर्देशन दिइसकेको बताए ।

घोराहीको मुख्य चोक बिपिचोक नजिकै रहेको टिभिएस शोरुमबाट दिउसै स्कुटर चोरीएपछि प्रहरीले चोरीमा सलग्न अभियुक्तलाई मुद्धा नचलाई छाडेको समाचार सार्बजनिक भएको थियो ।

नेपाल प्रहरी महानिरीक्षक आईजिपि धिरजप्रताप सिंहले स्कुटर चोरी प्रकरणमा चोरलाई जोगाउन प्रहरीको मिलेमतो भए नभएको बारे छानबिन गरेर कारबाही गर्न प्रदेश प्रहरी प्रमुखलाई निर्देशन दिएका हुन ।

आईजिपि सिंहको निर्देशनपछि प्रदेश प्रहरी प्रमुख राईले प्रदेश प्रहरीमा कार्यरत एसपि नबरत्न पौडेलको नेतृत्वमा छानबिन समिति गठन गरिएको जानकारी दिए ।

उनले पौडेल नेतृत्वको छानबिन समितिलाई एक हप्ता भित्र प्रतीबेदन पेश गर्ने र यदि चोरी घटनामा प्रहरीको मिलेमतोमा भेटिए माथिल्लोदेखि तल्लो दर्जाका जुन कुनै प्रहरीलाई कारबाही गर्ने चेतावानी दिए ।

यो घटनाले प्रहरी संगठनमाथी प्रश्न चिन्ह खडा भएकाले प्रहरीकै मिलेमतोमा चोरि घटनाको अभियुक्त मुद्धा नचलाई छुटेको भए घटनामा सलग्न जो कोहि पनि कारबाही दायरामा आउने उनले बताए ।

गएको शुक्रवार दिउँसोको एक बजेर ३० मिनेट जाँदा नोवेल ट्रेडिङ प्रालिको घोराही–१५ बिपिचोकको टिभिएस शोरुमबाट नचिनेका व्यक्तिले टिभिएस स्कुटर लगेपछि शोरुम सन्चालकले शोरुमबाट स्कुटर चोरी भएको भन्दै सामाजिक सन्जालमा आक्रोशसहित लेखेका थिए ।

शोरुम सञ्चालक चित्रबहादुर विष्टका अनुसार शुक्रबार दिउँसो दुई लाख ९५ हजार नौसय मूल्यको एनटर्क स्कुटर चोरी भएको भन्दै सामाजिक सन्जालमा लेखेर प्रहरीमा उजुरी नै दिएका थिए।

चोरीमा सम्लग्नलाई प्रहरीले पक्राउ नगरेको भन्दै सञ्चालक विष्टले असन्तुष्टि जनाउदै गुनासो गरे । बिष्टले सिसि क्यामरा फुटेजसहित निवेदन सोहि दिन जिल्ला प्रहरी कार्यालय दाङमा बुझाए ।

त्यसपछि प्रहरी अनुसन्धानमा जुट्यो । प्रहरीले घोराहीको कटुवाखोलाबाट स्कुटि फेला पा¥यो । त्यसको केही दिनपछि प्रहरीले सिसिटिभि फुटेजको सहारामा स्कुटि चोरीमा संलग्न व्यक्तिलाई पक्राउ गर्यो ।

माघ २४ गते घोराही ३ का कुमार रानालाई स्कुटर चोरिमा संलग्न भएको आरोपमा पक्राउ पनि गरेर ल्यायो । तर स्कुटि चोरिमा संलग्न ब्यक्तिलाई मुद्धा नचलाई छाडेको प्रहरीलाई आरोप लागेको छ ।

रानालाई छुटाउन गणेश नेपालिले जिप्रका पुगेर दबाब दिएको प्रहरी स्रोतको दावी छ । जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजन गौतमले पीडित पक्षले नै चोरी गर्ने मान्छे चिनजानको मान्छे भएकाले मुद्दा नचलाउन आग्रह गरेकाले छाडिएको बताए ।

प्रहरीको यो कार्य शंकास्पद रहेको भन्दै यस्तै चोरीका घटना भएमा यस्तै नजिर दोहोरिए के गर्ने भन्ने आम सरोकारवालाले प्रश्न गरेका छन ।

कुनै पनि घटनामा प्रहरीले लिखित जाहेरी नआए प्रहरी प्रतीबेदनका आधारमा मुद्धा चलाउने गर्छ, तर, प्रहरीले यो घटनामा मुद्धा नचलाई छोड्दा चौतर्फी चासो प्रकट भएको छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन १ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *