२०८२ जेष्ठ ३० गते शुक्रवार

बबई लिफ्टिङ खानेपानी अघि बढ्यो

घोराही ,फागुन १ । घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको बबई लिफ्टिङको आयोजना अघि बढेको छ ।

घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले आइतबार रावतगाउँमा तीन लाख लिटर क्षमताको आरभिटी ट्यांकी शिलान्यास गरी शुभारम्भ गरेका हुन ।

‘अब काम अघि बढ्यो’– संस्थाका अध्यक्ष देवीबहादुर डिसीले भने– ‘प्रक्रियागत काम सम्पन्न भइसकेका छन् । भौतिक निर्माणको काम अब हुन्छ ।’ अरु ट्यांकीहरु पनि चाँडै बन्दैछन् । पाइपलाइन विस्तारदेखि सबै काम धमाधम हुँदैछ ।
ठेकेदार कम्पनीसँग सम्झौता भएको समय अगावै सम्पन्न हुनेगरी कामलाई तीब्रता दिइने उहाँले बताए ।

यस योजनाअन्तर्गतको ट्यांकी घोराही–७ रावतगाउँमा शिलान्यास भएसँगै सबै पूर्वाधार निर्माणको काम अघि बढेको संस्थाका कोषाध्यक्ष धर्मेन्द्र श्रेष्ठले जनाए ।
उनका अनुसार यो आयोजना सम्पन्न गर्न बबईको किनार सुक्वारीमा दुईवटा सम्पवेल बन्नेछन् । त्यसै क्षेत्रमा पाँचवटा बोरिङ खन्ने योजना रहेको श्रेष्ठको भनाइ छ ।

तिनै सम्पवेल र डिप बोरिङ गरी सात ठाउँबाट आएको पानी तीन लाख लिटर क्षमताको आरभिटी टंकीमा संकलन गरिनेछ ।

त्यही फिल्टरका लागि ट्रिटमेन्ट प्लान्ट स्थापना हुनेछ । त्यसरी छानिएर शुद्धीकरण गरिएको पानी पम्पिङ गरेर रावतगाउँ ल्याई जम्मा हुने ट्यांकी शिलान्यास भएको हो ।

सम्झौता भएको तीन वर्षभित्र सम्पन्न गर्ने गरी योजना शुरु भएको हो । संकलन गरिएको पानी घोराही ल्याएर घोराहीमा चौबिसै घण्टा पुग्ने गरी पानी वितरण गर्ने संस्थाको लक्ष्य छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन १ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *