तुलसीपुर,माघ २९ । तुलसीपुरमा स्थित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड केही दिनका लागि बन्द भएको छ ।
संस्थाले एक विज्ञेप्ती निकालेर केही दिनका लागि सहकारी बन्द रहने जनाएको छ ।
शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शुशिल बानियांद्वारा हस्ताक्षर गरिएको विज्ञेप्तीमा भनिएको छ ‘सम्पुर्ण बचत कर्ता शेयर सदस्य मानहभावहरुमा जानकारी गराउँदछौ कि हालको आर्थिक मन्दीका कारण सबै बचत कर्ताहरु एकै पटक चल्ती खाता मुद्धती र शेयरको रकम झिक्न आउँदा पुजि व्यवस्थापन हुन नसकेका कारण तुलसीपुर कार्यालय केही दिनका लागि बन्द गरिएको कुरा सम्पुर्णमा जानकारी गराउँदछौ ।
साथै यस शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको मर्जर प्रकृया हुने भएकाले केही समयका लागि अर्को सूचना नआएसम्म तथा पुजी व्यवस्थापन नभएसम्म कार्यालय बन्द रहने कुरा जानकारी गराउँदछौ विज्ञप्तीमा भनिएको छ ।