तुलसीपुर,माघ २८ । तुलसीपुरमा पढ्दै,कमाउदै र उद्यमशिलता कार्यक्रम सम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको छ ।
शनिवार मेट्रो कलेज तुलसीपुरको आयोजना तथा तुलसीपुर उपमहानगरपालिका र ग्रिन फाउन्डेसनको सहकार्यमा उक्त कार्यक्रम भएको हो ।
कार्यक्रममा मेट्रो कलेज तुलसीपुरका प्रमुख वसन्त आचार्यले कलेजलाई लुम्बिनी प्रदेशमै नमुना प्राबिधिक शिक्षालयको रुपमा बिकास गर्न लागिपरेको बताए ।
उनले हरेक विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसगंै ब्यबहारिक ज्ञान पनि उत्तिकै महत्वपुर्ण हुने बताए ।
‘पढाएर मात्र हुदैन,प्राविधिक शिक्षा भनेको सिप हुनुपर्छ,एउटा विद्यार्थी पढाई सकेर स्कुलबाट निस्कदा उस्को हातमा सटिफिकेटसगसगैं सिप पनि हुनुपर्छ,तब मात्र त्यो विद्यार्थी उद्यमशिल बन्न सक्छ,प्रमुखआचार्यले भने ।’
उनले मेट्रो कलजेमा अध्ययन गर्ने हरेक क्षेत्रका विद्यार्थीहरु उद्यमीशलता सम्बन्धी सिपहरु सिकेर आत्मनिर्भर बनिसकेको र केहीले तयारी गरिराखेको बताए ।
पहिलो चरणमा तुलसीपुरका ६ वटा सामुदायीक विद्यालयहरुमा पुगी २१/२१ जनाको समुह बनाएर थप कुराहरु सिकाउन कार्यक्रममा सहभागि गराएको बताए ।
‘हामीले मेट्रो कलेजमा पढ्ने विद्यार्थीहरुलाई मात्र उद्यमशिल बनाएर हुदैन,अब यहाँका स्कुल स्कुलका विद्यार्थीहरु उद्यमशिल हुनुपर्छ भनेर यो कार्यक्रम सुरु गरेका हौं,उनले भने ।’
उनले हरेक विद्यार्थीहरुले आफुलाई उद्यमशिलता तिर अगाडी बढाउदै,पढ्दै कमाउँदै जाने अभियानलाई अगाडी बढाउनुपर्ने बताए ।
उनले सहजै रोजगारी प्राप्त गर्नका लागि,ज्ञानसगंै सीप पनि सिक्नका लागि,समयानुकूल आफुलाई ढाल्नका लागि,उधमशिल र आत्मनिर्भर बन्न,बजारको माग अनुसार जनशक्ति उत्पादनका लागि प्राबिधिक शिक्षा पढ्नै पर्ने बताए ।
ग्रिन फाउन्डेशन दाङका सचिव सुरेश रावतको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले व्यबहारिक शिक्षा आजको आवश्यकता भएको बताए ।
शिक्षालाई पढाइसंग मात्र नभएर व्यापारीक हिसावले पनि हेर्नुपर्ने बताए । शिक्षालाई व्यसायिक रुपमा जोड्दै जीवन यापन गर्ने माध्यम बनाउनुपर्ने बताए ।
त्स्तै पूर्व नगर प्रमुख घनश्याम पाण्डेले प्रशिक्षण दिँदै थोरै लगानी बाट उत्पादन बढाएर व्यावसायीकरण गर्न सके मात्र उद्यमशील बन्न सकिने बताए । उनले कुनैपनि काममा तन, मन र जाँगर चलाएर काम गरे सफल हुने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका सह–सचिव दिप्तीशीखा चौधरीले पढेर स्वदेश मै केही गर्ने विद्यार्थीको लागि यो सिकाइ अति महत्वपूणर् हुने बताए । पढाइ मात्र नभएर विद्यार्थीलाई व्यबहारिक ज्ञानमा जोडिन यस्ता कार्यक्रमले मद्दत गर्ने उनको भनाइ छ ।
त्यस अवसरमा मेट्रो कलेजले विद्यार्थीलाई सिकाएको सिप र कामको बारेमा सिता भण्डारीले जानकारी गराएकी थिइन भने दिया शर्मा, करुणा विश्वकर्मा लगायतले पढ्दै, कमाउदै र उद्यमशील बन्नको लागि कार्यक्रमबाट धेरै कुरा सिकेको बताइन ।
मेट्रो कलेजका कार्यक्रम सयोंजक अपिल आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण कलेजका बन बिज्ञान प्रशिक्षक सचिन सुवेदीले गरेका थिए ।