२०८१ बैशाख ११ गते मङ्गलवार

तुलसीपुर उद्योग वाणिज्य सघंको २८ औं साधारणसभा

तुलसीपुर,माघ २८ । तुलसीपुर उद्योग बाणिज्य सघको २८ औ बार्षिक साधारणसभा कार्यक्रम सम्पन्न भएको छ । शनिबार तुलसीपुरमा भएको बार्षिक साधारणसभा कार्यक्रमको उद्धघाटन नेपाल उद्योग बाणिज्य महासघंका केन्द्रिय बरिस्ठ उपाध्यक्ष चन्द्रप्रकाश ढकालले पानसमा बत्ती बालेर गरेका हुन ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि ढकालले निजि क्षेत्रका हरेक समस्याहरुलाई नियमनकारी निकाय सामु पु¥याउन सदैव प्रतिबद्ध रहने बताए । उनले विगत देखि नै यहाँको उद्योग वाणिज्य सघंका समस्या समाधानका लागि सगंसगै रहेको बताए ।

निजि क्षेत्रको ठुलो लगानी रहेको बैंकिङ क्षेत्रले ब्याजदर बढाउदाँ आम उद्योगी व्यवसायीहरु मारमा परेको पनि उनले बताए । कार्यक्रममा उनले दाङ सम्भावना बोकेको ठाउँ भएको बताउँदै यहाँको कृषि, पर्यटन जस्ता क्षेत्रमा लगानी गर्न आम व्यवसायीलाई आग्रह गरे ।

‘दाङ सम्भावना बोकेको ठाउँ हो । यहाँ केबलकार देखि, कृषि, पर्यटन जस्ता प्रोजेक्टमा लगानी गरेर मुनाफा लिन सकिन्छ । हाम्रो पनि सहयोग आवश्यक परेमा भन्नुस् सहयोग गर्न तयार छौ,ढकालले भने ।’

साथै उनले दाङको टरिगाउँ एयरपोर्टको विस्तार गर्न नसक्दा नेपालगञ्ज मार्फत तुलसीपुर आउनुपरेको र कार्यक्रम नसकेर जानुपर्ने बाध्यता भएको बताउँदै ७२ सिटे जहाज बसाउनका लागि आवश्यक पहल गर्ने विस्वास समेत दिलाए ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासघं लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद शर्माले व्यवसाय गरिराखेका व्यवसायीहरुलाई विस्थापित हुन नदिन आफुले राष्ट्र बैंकको गर्भनरसगं भेटेर छलफल गरेको बताए ।

‘कोरोनाका असर–प्रभावहरु अहिले निजि क्षेत्रमा धेरै नै देखिएको छ,उनले भने ,त्यसैले अब राजनिति पैरवी हुन जरुरी छ ।’
साथै मुलुकको अर्थतन्त्रलाई बचाउन सरकार गम्भिर हुनुपर्ने उनको भनाई छ ।

तुलसीपुर उद्योग वाणिज्य सघंका अध्यक्ष राम प्रसाद चालिसेको अध्यक्षतामा भएको कार्यक्रममा दाङका प्रमुख जिल्ला अधिकारी सुशिल बैद्यले भएरहित बाताबरणमा ब्यबसाय सञ्चालन गर्न सुरक्षा ब्यबस्था कायम गर्ने बताए ।

त्यस्तै आन्तरिक राजस्व कार्यालय तुलसीपुरका प्रमुख कर अधिकृत टीकाराम चौलागाईंले निजि क्षेत्रको योगदान बिना कुनै पनि क्षेत्र परिचालित हुन नसक्ने बताए ।

कार्यक्रममा सघंका सस्थापक अध्यक्ष डिल्ली बहादुर बस्नेत,दाङ जिल्ला उद्योग बाणिज्य सघका अध्यक्ष टकंसिङ बुढाथोकीले पछिल्लो समय बैंकहरुको ब्याजदर बृद्धि गर्दा अधिकाश व्यापार ब्यबसायीहरु बन्द गर्ने अबस्थामा पुगेको बताए ।

त्यस अवसरमा मानव अधिकार तथा शान्ति समाज दाङका अध्यक्ष नवीन कुमार पोख्रेल,राप्ती बबई क्याम्पसका अध्यक्ष बिस्नु कुमार देबकोटा,नेपाली काग्रेस नगर सभापति सुरेश हमाल,तुलसीपुर खानेपानी सस्थाका अध्यक्ष एमकान्त भण्डारी,नेकपा दाङका सेक्रेटरी प्रदिप बहादुर वलि, नेकपा एमालेका नगर अध्यक्ष माधब वलि, जनता समाजबादी पार्टीका टोप बहादुर महतरा लगाएतले राज्य व्यवस्थामा देखिएको संकटका कारण दिन– प्रतिदिन साना तथा ठुला ब्यबसायहरु अस्तव्यस्त अवस्थामा रहेको बताउँदै यसप्रति हरेक नागरिक सचेत हुन जरुरी बताए ।

सघंले वार्षिक साधारण सभा कार्यक्रममा लामो समय देखि तुलसीपुको बसपार्क क्षेत्रमा सरसफाई गर्दै आउनुभएका सरसफाई अभियान्ता निम बहादुर बुढाथोकीलाई सम्मान गरेको छ ।

त्यस्तै राप्ती बबई क्याम्पस तुलसीपुरमा ब्यबस्थापन तर्फ प्लटुमा उत्कृष्ट हुने छात्र÷छात्रा र बिबिएस तर्फ उत्कृष्ट छात्र÷छात्राहरु नगद सहित सम्मान एवं पुरस्कृत गरिएको छ ।

उक्त सम्मान संस्थापक अध्यक्ष तथा अक्षयकोष दाता दिल्ली बहादुर बस्ने,मिनराज वलिले  प्रदान गरेका थिए ।

कार्यक्रममा सघंका बरिस्ठ उपाध्यक्ष मिनराज भण्डारीले धन्यावाद ज्ञापन गरेका थिए भने सहजीकरण महासचिव बिनिल केसीले गरेका थिए ।

प्रकाशित मिति : २०७९ माघ २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *