२०८१ बैशाख १३ गते बिहिवार

दाङ प्रहरीले बचायो स्कुटर चोरलाई

घोराही,माघ २७ । गएको शुक्रवार दिउँसोको एक बजेर ३० मिनेट जाँदा नोवेल ट्रेडिङ प्रालिको घोराही–१५ बिपिचोक टिभिएस शोरुमबाट नचिनेका व्यक्तिले टिभिएस स्कुटर लगे ।

शोरुम सञ्चालक चित्रबहादुर विष्टका अनुसार शुक्रबार दिउँसो दुई लाख ९५ हजार नौसय मूल्यको एनटर्क स्कुटर चोरी भएको भन्दै सामाजिक सन्जालमा लेखे र प्रहरीमा उजुरी नै दिए ।

चोरीमा सम्लग्नलाई प्रहरीले पक्राउ नगरेको भन्दै सञ्चालक विष्टले असन्तुष्टि जनाउदै गुनासो गरे । बिष्टले सिसि क्यामरा फुटेजसहित निवेदन सोहिदिन जिल्ला प्रहरी कार्यालय दाङमा बुझाइएको हो ।

त्यसपछि प्रहरी अनुसन्धानमा जुट्यो । प्रहरीले घोराहीको कटुवाखोलाबाट स्कुटि फेला पार्यो । त्यसको केही दिनपछि प्रहरीले सिसिटिभि फुटेजको सहारामा स्कुटि चोरलाई पक्राउ गर्यो ।

माघ २४ गते घोराही ३ का कुमार रानालाई स्कुटर चोरिमा सलग्न भएको आरोपमा पक्राउ पनि गरेर ल्यायो । स्कुटि चोरिमा सलग्न ब्यक्तिलाई मिलेमतोमा प्रहरीले आर्थिक चलखेल गरेर २४ घण्टा नबित्दै मुद्धा नचलाई छाडेको हो ।

पक्राउ परेका रानालाई छुटाउन गुण्डा नाईकेकारुपमा चिनीएका गणेश नेपालिले जिप्रका पुगेर दबाब दिएका थिए । जिल्ला प्रहरी कार्यालय दाङले चोरिमा सलग्न ब्यक्तिमाथि मुद्धा नचलाई छाडेको जानकारी दिएको छ ।

घोराही बजारको मुख्य चोकमा दिउँसै चोरी हुनु र चार दिनपछि स्कुटि फेला पारेको थियो ।

शोरुममा रहेको फुटेजमा देखिएअनुसार एकजना व्यक्ति बिहान ११ बजेर ५५ मिनेट जाँदा पुगेका हुन्छन् । त्यसअघि नै अर्का एकजनाले मोटरसाइकलबारे जानकारी लिइरहेका देखिन्छन् ।

शोरुमका कर्मचारी शिशिर घर्तीले ती व्यक्तिलाई मोटरसाइकील बारे ब्रिफिङ गरिरहेका हुन्छन् । ग्राहकको रुपमा पसेका ती व्यक्तिले पटक–पटक नजर बाहिर लगाउँछन् ।

सेकेन्ड हेण्ड स्कुटी खोज्न आएका व्यक्ति नयाँ बाइक सोधीखोजी गर्छन् । उनले बेला–बेलामा नजर लगाएकै शोरुमको पश्चिम ढोकाबाट मास्क हेल्मेट लगाएका व्यक्ति प्रवेश गर्छन् । उनीहरुबीच नचिनेको जस्तो व्यवहार देखिन्छ तर बेला–बेलामा नजर शंकास्पदरुपमा जुध्ने गर्छ ।

मास्क आधा खोलेका अघिदेखिनै बसेका व्यक्ति कुनै कारोबार नगरेर बाहिरिन्छन् । उनी बाहिरिदै गर्दा कुनै संकेत गरेजस्तै दुबैबीच हेराहेर हुन्छ । आपसमा बोलेको वा परिचित जस्तो अरु व्यवहार भने देखिन्न ।

शोरुमका कर्मचारी घर्तीका अनुसार यसअघि पनि आउने गरेका व्यक्ति हुन् । थोरै अघिपछि गरेर उनीहरु दुबैजना शोरुमबाट बाहिरिन्छन् । अघिल्ला व्यक्तिले शोरुम बाहिर निस्केर मोटरसाइकलमा गहिरो नजर लगाउँछन् ।

कसैलाई फोन गर्छन् । त्यसपछि दिउँसो स्कुटर हराउँछ । तिनै मास्क लगाएका हेलमेट लगाएका दोस्रो व्यक्ति जस्तै हुलिया भएकाले स्कुटर लगेको फुटेजमा देखियो ।

प्रकाशित मिति : २०७९ माघ २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *