२०८१ माघ २६ गते शनिवार

खुमबहादुर खड्का फाउन्डेसनद्वारा निशुल्क सामाग्री वितरण

दाङ,माघ २७ । खुमबहादुर खड्का फाउन्डेसनले लमहीको देउखुरी बहुमुखी क्याम्पसमा खेलकुदका सामाग्री र निशुल्क सेनेटरी प्याडको बक्स वितरण गरेको छ ।

शुक्रबार क्याम्पसमा आयोजना गरिएको कार्यक्रममा ती सामाग्री हस्तान्तरण गरिएको हो ।

शैक्षिक क्षेत्रमा निशुल्क लगानी गर्ने, जिर्ण अवस्थामा रहेका भौतिक संरचनाहरु ९शौचालय ० को मर्मत सम्भार गर्ने लक्ष्य लिएको छ । फाउन्डेसनले यो कामलाई अभियानकै रुपमा लिएको छ ।

खेलकुदमा लागेर केहि गर्न खोज्ने खेलाडीहरुको मनोबल बढाउनका लागि खेलकुदका सामाग्री वितरण गरिएको हो । त्यस्तै स्वास्थ्य क्षेत्रमा पनि निशुल्क शिबिर संचालन गर्ने योजना रहेको छ ।

फाउन्डेसनले लमही नगरपालिकाको देउखुरी बहुमुखी क्याम्पसबाट शुरूवात गरेको छ । देउखुरी बहुमुखी क्याम्पसमा सेनेटरी प्याडको बक्स, खेलकुदका सामाग्री, राप्ती माध्यामिक विद्यालय उच्चानिबु र माध्यामिक विद्यालय दुलैयामा जिर्ण अवस्थामा रहेको शौचालयलाई मर्मत सम्भार गरिने भएको छ ।

यो कार्यक्रमलाई लमही स्थित पाण्डे मेडिकलका संचालक मधुसूदन पाण्डेले पनि सहयोग गरेका छन ।

कार्यक्रमलाई शुरूवाती चरणमा आफ्नो क्षेत्रमा संचालन गरिने र बिस्तारै जिल्लाभर गरिने संस्थाका अध्यक्ष तथा लुम्बिनी प्रदेश सभाका सांसद अनुराग खड्काले जानकारी दिए ।

नेपाली काङ्ग्रेसका स्वर्गीय नेता खुम बहादुर खड्काका छोरा अनुराग खड्काले आफ्नो बाबुको सम्झनामा फाउन्डेसनको स्थापना गरि शिक्षा क्षेत्रमा केही सुधारका कार्यक्रम गर्ने बताए ।

यो फाउन्डेसनको मुख्य कार्यालय सानेपा ललितपुर रहेको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरमा दर्ता भइ नेपाल अधिराज्यभर बिस्तार गर्दै लैजाने सांसद खड्काको भनाई छ ।

क्याम्पस संचालक समितिका अध्यक्ष गणेश कुमार चौधरीले शिक्षा क्षेत्रमा केहि सुधार गर्न खोज्दै क्याम्पसमा सहयोग गर्नु हुने संस्थालाई हार्दिक धन्यवाद दिए ।

अध्यक्ष चौधरीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका सभासद अनुराग खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको संचालन क्याम्पसका विद्यार्थी चन्द्रभान यादवले गरेका थिए ।

फाउन्डेसनले गर्ने सबै कार्यहरु निशुल्क हुने छन् भने पहिलो प्राथमिकता आफ्नो निर्वाचन क्षेत्रमा रहने अध्यक्ष खड्काले बताए ।

प्रकाशित मिति : २०७९ माघ २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *