२०८१ बैशाख १३ गते बिहिवार

रबीको अभिब्यक्तिको बिरोध र आलोचना

दाङ, माघ २३ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आइतबार नेपाली सञ्चारगृह र सञ्चारकर्मीमाथि बोलेको कुराको चौतर्फी बिरोध र आलोचना सुरु भएको छ ।

पत्रकारका विभिन्न संघसंगठनले उनको अभिब्यक्तिको बिरोध र आलोचना गर्नुको साथै आपत्ति प्रकट गरेका छन् ।

रास्वपा केन्द्रीय कार्यालय बसुन्धरामा आयोजना गरेको पत्रकार सम्मेलनमा लामिछानेले नेपालका स्थापित सञ्चारगृह र सञ्चारकर्मीको नामै किटेर संगीन आरोप लगाउँदै धम्कीपूर्ण भाषा बोलेका थिए ।

त्यसको नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन लगायतका संघसंगठनले आपत्ति जनाएका छन् ।

नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रोसन पुरीले विज्ञप्ति मार्फत संसद्को चौथो ठुलो दलका अध्यक्ष तथा उपप्रधान तथा गृहमन्त्रीसमेत भइसकेका व्यक्तिले सञ्चार क्षेत्रप्रति संयम गुमाएर अभिव्यक्ति दिनु समग्र सञ्चार क्षेत्रमाथिको प्रहार भएको उल्लेख गरेका छन् ।

जस्लाई उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर प्रहारको रुपमा अथ्र्याएका छन् ।

कुनै अप्रिय घटना भएमा त्यसको जिम्मेवारी स्वयं लामिछाने र उनको पार्टीको हुने पुरीले उल्लेख गरेका छन् ।

नेपाली प्रेस कुनै पनि दल वा व्यक्तिको धम्कीबाट विचलित नहुने उनले स्पष्ट पारेका छन् ।

त्यस्तै नेपाल प्रेस युनियनका महासचिव दिलीप पौडेलले विज्ञप्ति मार्फत पूर्वसञ्चारकर्मी लामिछानेले कुनै आधार र प्रमाणबिना सञ्चारमाध्यम, सम्पादक र समग्र पत्रकारितालाई बदनाम गर्नेगरी दिएको अभिव्यक्ति खेदजन्य रहेको उल्लेख गरेका छन् ।

सञ्चारकर्मबाटै राजनीतिक आधारभूमि तयार पारेका लामिछानेले मिडियालाई दुष्मनको जस्तो व्यवहार गरेर घेराउ गर्नेसम्मको अभिव्यक्ति दिएको प्रति उनले बिरोध गरेका छन् ।

लामिछानेको नागरिकताबारे सञ्चारमाध्यमले जनतासम्म सूचना र्पुयाएकै आधारमा उनले यसरी आक्रोश पोखेको उनले बिज्ञप्तिमा उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २०७९ माघ २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *