घोराही,माघ २० । ग्रामीण महिला उत्थान केन्द्र दाङले प्रर्बद्धन गरेको सुनिता ट्रष्ट फाउण्डेसनको आयोजनामा शुक्रबार माध्यामिक बिद्यालय झिङनी बन्जारी घोराही ३ का छात्राहरुलाई निशुल्क सेनेटरी प्याड बितरण गरिएको छ ।
सुनिता ट्रष्ट फाउण्डेसनका संचालक समिति सदस्य रजनी श्रेष्ठको सभाअध्यक्षता र श्री माध्यामिक बिद्यालय झिङनी बन्जारीका प्रधानाध्यापक बिष्णु प्रसाद शर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि शर्माले समयसँगै नानीहरुको आनिबानिमा समेत परिबर्तन आएको हुदा छात्राहरुले कक्षा छोड्ने प्रबृत्तिमा कमी आएको बताए ।
साथै शर्माले बिद्यालयमा महिनामा २३८वटा सेनेटरी प्याड बितरण गर्नुपर्ने हुदा आजभोलि निशुल्क बितरण गर्नुपर्ने प्याडको कमी भईरहेको समयमा ग्रामीण महिला उत्थान केन्द्र दाङले प्रर्बद्धन गरेको संस्थाले बिद्यालयलाई सम्झिएर सहयोगका लागी सहकार्य गर्न खोजेकोमा धन्यवाद सहित आभार ब्यक्त गरे ।
कार्यक्रममा सुनिता ट्रष्ट फाउण्डेसनका समिति सदस्य अस्मिता चौधरीले महिलाहरुको स्वास्थ्य सँग जोडिएका कुराहरु गर्न अधिकांश युवाहरु लजाउने, आफना समस्याहरु भन्न डर मान्ने प्रबृतिले गर्दापनि प्रजनन स्वास्थ्य झन जटिलतापुर्ण भएको बताइन ।
त्यस्तै फाउण्डेसनका समिति सदस्य रजनी श्रेष्ठले महिला स्वास्थ्य र प्रजनन स्वास्थ्यका सवालमा हरेक नागरिकहरु शारिरिक, मानसिक र सामाजिक रुपमा स्वस्थ्य भएमात्रै स्वास्थ्य हुने बताइन ।
उनले सुन्दा र बोल्दा सामान्य लाग्ने सेनेटरी प्याडले महिलाहरुको समग्र स्वास्थ्यको बिषयलाई समेत सम्बोधन गर्ने बताइन ।
फाउण्डेसनका सहजकर्ता कमला शर्माको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रममा फाउडेसनका शिवा चौधरी, बिद्यालयका सेनेटरी प्याड बितरण फोकल पर्सन एखुमा देबि राना लगायतले आफनो भनाई राखेका थिए ।
बिद्यालयमा अध्ययनरत ४० जना अत्ति बिपन्न तथा सिमान्तकृत समुदायका छात्राहरुलाई निशुल्क बितरण गरिएको सेनेटरी प्याडको प्रायोजक घोराही दामोदर चोकमा रहेको सस्तो किराना पसलका प्रोप्राइटर गणेश श्रेष्ठले गरेका थिए भने कार्यक्रमको सहजीकरण ग्रामीण महिला उत्थान केन्द्र दाङका सुचना अधिकारी पार्वती बस्नेतले गरेकी थिइन् ।