दाङ, १७ माघ । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लि.ले संस्थाका विषयमा आएका विभिन्न सूचना तथा समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
संस्था पुरानै अवस्थामै गतिशील भइरहेको भन्दै शिवशिखरसँग जोडिएका कुनै पनि सदस्यहरु विचलित नहुन विज्ञप्तिमार्फत आग्रह समेत गरेको छ ।
संस्थाको तुलसीपुर शाखाले मंगलबार विज्ञप्ति प्रकासन गर्दै शिवशिखर बुउद्देश्यीय सहकारी संस्था लि.ले बचतकर्ता, शेयरधनी तथा सम्पूर्ण सदस्य ज्यूलाई सशंकित नभई नियमित रुपमा दैनिक रुपमा कारोबार गरेजस्तै ढुक्क भएर कारोबार गर्न अनुरोध गरेको छ ।
यस संस्थाको बचत रकमहरु गार्डेन मार्ट डिपार्टमेन्ट स्टोर, शिवशिखर कृषि उपज प्रशोधन केन्द्र, कर्जालगायत कृषि औजारहरु तथा खाद्यान्नमा लगानी रहेको कुरा सबैमा जानकारी गराउँदछौँ जारी विज्ञप्तिमा भनिएको छ ।
प्रकाशित मिति : २०७९ माघ १७ गते मङ्गलवार