२०८१ बैशाख १३ गते बिहिवार

यथास्थितीमै खुल्ने भए दाङका क्रसर उद्योगहरु

दाङ, माघ १७ । जिल्ला अनुगमन समितिले जिल्लामा विधिवत रुपमा दर्ता भएका नदिजन्य उद्योग क्रसर तथा वालुवा वासिङ उद्योगहरुलाइ सन्चालन गर्न दिने निर्णय गरेको छ ।

जिल्ला अनुगमन समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माको अध्यक्षतामा मंगलवार जिल्ला समन्वय समितिमा बसेको बैठकले गृह मन्त्रालयको हालैको परिपत्रलाइ आधार मान्दै सोहि अनुरुप असार मसान्त सम्मको आवस्यक कर लिएर ती उद्योगहरुलाइ यथा स्थानमा सन्चालनको अनुमति दिएको हो ।

जिल्लाका दशवटै पालिकाका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख लगायतको उपस्थीतिमा बसेको बैठकले दर्तानै नगरी सन्चालनमा आएका र आयोजनाका नाममा खुलेका तर आयोजना सकिएपछि पनि सन्चालनमा आएका उद्योगहरुलाइ बन्द गराउने निर्णय गरेको जिल्ला अनुगमन समितिका सदस्य सचिव तथा जिल्ला समन्वय अधिकारी मोहन सुवेदीले जानकारी दिए ।

बैठकमा नेपाल सरकार मन्त्री परीषदले नदिजन्य उद्योगको सन्चालन र मापदण्ड निर्धारणका सन्दर्भमा हालै गरेको निर्णयलाइ आधार मानेर जिल्लामा क्रशर उद्योग सन्चालनका सन्दर्भमा बृहत छलफल भएको थियो । सहभागिहरुले यस अघि भएको स्थलगत अनुगमन समितिको प्रतिवेदनका सन्दर्भमा पनि जिज्ञासा राखेका थिए ।

बैठकमा अनुगमन समिति संयोजक सावित्रा पुन थापाले जिल्लाका विभिन्न स्थानमा रहेका क्रसर उद्योगको स्थलगत अनुगमनको अवस्थाका विषयमा जानकारी गराउंदै जिल्लामा कुनैपनि क्रसर उद्योगहरु दर्ताविना सन्चालनमा नआएको बताएकी थिइन ।

बैठकमा प्रमुख जिल्ला अधिकारी शुशिल बैद्धले सरकारले भर्खरै गरेको निर्णय अनुसार क्रशर उद्योग सन्चालनको मापदण्डकै विषयमा पुनरावलोकनको प्रक्रिया सुरु गरेकाले अहिले प्राप्त निर्देशन वमोजिम असार मसान्त सम्म आवस्यक कर लिएर उद्योगहरुलाइ सन्चालन गर्न निदुपर्ने सुझाव प्रस्तुत गरेका थिए ।

हाल जिल्लामा दश वटा क्रसर उद्योग र तीस वटा जति वालुवा वासिङ उद्योग सन्चालनमा रहेका छन् । एक दुइ उद्योग वाहेक कुनैपनि उद्योगहरु नेपाल सरकारले तोकेको मापदण्डमा छैनन् ।

दर्ता हुने वेलाको मापदण्ड पुरा गरेका ती उद्योगीहरु पछिल्लो पटक तोकिएको मापदण्डमा आउन असहज भएको बताउंदै आएका छन् ।

क्रसर व्यवसायीहरुले वर्तमान मापदण्डलाइ पुनरावलोकन गरी सहज बनाउन पनि सरकारलाइ आग्रह गर्दै आएका छन् ।

प्रकाशित मिति : २०७९ माघ १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *