२०८२ जेष्ठ ११ गते शुक्रवार

कैलालीमा बन्चरो प्रहार गरी छोराले गरे आमाको हत्या

कैलाली,माघ १७ । कैलालीमा बन्चरो प्रहार गरी छोराले आमाको हत्या गरेका छन्।

सोमबार राति लम्कीचुहा नगरपालिका वडा नम्बर ६ बगमारा बस्ने श्रीराम थारुले आफ्नै आमामाथि बन्चरो प्रहार गरी हत्या गरेका हुन्।

प्रहरीका अनुसार अन्दाजी ४० वर्षीय श्रीरामले ७१ वर्षीया लगनी थरुनीमाथि बन्चरो प्रहार गरी घाइते बनाएका थिए। उनको धनगढीस्थित नवजीवन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी प्रवक्ता वेदप्रकाश जोशीले बताए।

घटनामा संलग्न रहेका श्रीरामलाई अस्थायी प्रहरी पोष्ट चुहाले देउराली सामुदायिक वनबाट पक्राउ गरेको छ। प्रहरी नियन्त्रणमा रहेका उनीमाथि अनुसन्धान जारी रहेको छ।

प्रकाशित मिति : २०७९ माघ १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *