दाङ, माघ १६ । आज माघ १६ गते । सहिद दिवस । प्रजातन्त्र स्थापना एवं पुनस्स्थापनाका जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी मनाइँदैछ।
स्वतन्त्रताका लागि जीवन आहुति दिने बीर सहिदहरुको संझनामा हरेक वर्ष माघ १६ गते सम्झना स्वरुप बिभिन्न कार्यक्रम गर्ने गरिन्छ ।
विसं २०१२ देखि काठमाडौं नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदको सम्झनामा दिवस मनाउन थालिएको हो।
सहिदको सम्मानमा माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद सप्ताह मनाउने गरिन्छ ।
स्वतन्त्रताको माग गर्दै विसं १९९७ मा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए।
तीनै बीर सहिदको संझनामा देशका बिभिन्न ठाउँमा आज प्रभात लगाएत बिभिन्न कार्यक्रम आयोजना गर्ने गरिन्छ ।