दाङ, माघ १६ । बाबुले पेट्रोल छर्केर आगो लगाएका आमा छोरा मध्य उपचारका क्रममा छोराको मृत्यु भएको छ । आमाको भेरी अस्पताल नेपालगंजमा उपचार जारी छ ।
बाँकेको कोहपलुर नगरपालिका वडा नं. २ का ३० बर्षीय भानुभक्त विकले श्रीमती ३० बर्षीया गंगा बिक र २ बर्षीय छोरा प्रिन्समाथि आइतबार बेहलुका साढे ६ बजेतिर पेट्रोल छर्किएर आगो लगाइ फरार भएका थिए ।
घटना पछि घाइते आमा छोरालाई उपचारका लागि नेपालगंज मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो । त्यसपछि भेरी अस्पताल पु¥याइएको थियो ।
घाइते नाबालक प्रिन्सको नेपालगंजस्थित भेरी अस्पतालमा उपचारका क्रममा सोमबार बिहान १ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपपुरका प्रमुख डिएसपी ऐनबहादुर मल्लले जानकारी दिए ।
घाइते गंगाको पनि भेरी अस्पतालमै उपचार भइरहेको छ । उनको घाँटी र पछाडि ढाडमा पोलेको घाउखत रहेको प्रहरीले जानकारी दिएको छ ।
आइबार बेलुका करिब साढे ६ बजेतिर भानुभक्तले श्रीमती गंगा र छोरा प्रिन्सलाई आफ्नै घरको बाहिर बिबाद पछि पेट्रोल छर्केर आगो लगाइ भागेका थिए ।
डिएसपी मल्लका अनुसार भानुभक्तले छिमेकी देश भारत लगाएतका ठाउँमा डुलाउँदै राडीपाखी बेच्ने काम गर्दै आएका थिए ।
रकम हिनामिना गरेको तथा चरित्रको कुरा उठाउँदै भानुभक्तले नाबालक छोरा बोकीरहेकी श्रीमतीमाथि पेट्रोल छर्केर आगो लगाइ भागेको प्रहरीले बताएको छ ।
फरार भानुभक्तलाई प्रहरीले राति भारततर्फ जान प्रयास गर्दै गर्दा पक्राउ गरेको छ ।
