२०८१ बैशाख ११ गते मङ्गलवार

आज देशका केही भागमा वर्षा र हिमपातकाे संम्भावना

काठमाडाैँ ,माघ १५ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

हाल देशको गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

महाशाखाका अनुसार आज दिउँसो सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।

यस्तै, राती प्रदेश नं १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

साथै, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रकाशित मिति : २०७९ माघ १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *