२०८१ बैशाख १३ गते बिहिवार

प्रहरीका कमजोरी औंल्याएर सहयोग गर्नुहोस – डिआईजी राई (भिडियो)

तुलसीपुर , माघ १२ । लुम्बिनी प्रदेस प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) ले प्रहरीका कमिकमजोरी औंल्याइदिएर संगठन सुधार्नका लागि कलम चलाउन आग्रह गरेका छन् ।

दाङको तुलसीपुरस्थित प्रदेश प्रहरी प्रमुखको कार्यालयमा आयोजित पत्रकारसंग परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै डिआइजी राइले प्रहरीले गरेका नराम्रा कामहरु सुधार गर्ने गरि कलम चलाउन पत्रकारलाई आग्रह गरेका हुन ।

‘प्रहरीले कहाँ चाही नराम्रो गरेको छ र त्यसलाई कसरी सुधार्न सकिन्छ,’ उनले भने ‘ सय नम्बरमा फोन गर्नुस र फोन गर्दा रेस्पोन्स भएन, तितो बोल्यो वा झर्कैर बोलेमा हामीलाई खबर गर्नुहोस ।’

मुस्कानसहितको प्रहरी सेवा भनेको हुँदा प्रहरीले झर्केर बोल्न नमिल्ने उनले बताए । प्रहरी मेरो साथी भन्ने कुरा लागु भइ सकेको भएपनि कतिपय प्रहरीले जिम्मेवारी बिपरित गरे तत्काल खबर गर्न उनले आग्रह गरेका थिए । प्रहरी संगठनको मर्यादा बिपरित चल्ने जो कोहीलाई कारबाही हुने उनले बताए ।

उनले प्रहरी कार्यालमा कुनैपनि कुरा लेखाउँदा पैंशा नलाग्ने र प्रहरीले पैंशा लिए आँफुलाई सूचना दिन आग्रहपनि गरेका थिए । राई यसअघि प्रहरी प्रधान कार्यालयमा कार्यरत थिए । उनी प्रहरी प्रबक्ता थिए ।

पत्रकार सम्मेलनका क्रममा उनले २०५३ सालमा सेवा सुरु गर्दा तत्कालिन राप्ती अंचल प्रहरी कार्यालयमा प्रहरी निरीक्षकको रुपमा सेवा सुरु गरेको र अहिले फेरि लुम्बिनीको प्रहरी प्रमुख भएर तुलसीपुरमा आउँन पाउँदा खुसी लागेको बताएका थिए । भेटघाट कार्यक्रम बुधबार भएको थियो ।

 

प्रकाशित मिति : २०७९ माघ १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *