तुलसीपुर,माघ १०। तुलसीपुर –घोराही सडक खण्डमा मर्मत अभियानकर्ताहरुले अभियानमा सहयोग गर्ने सवैलाई धन्यवाद दिएका छन् ।
मंगलवार तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरि अभियानको वारेमा जानकारी गराएका हुन् ।
तुलसीपुर– घोराही सडक खण्ड मर्मत अभियान अन्तर्गत (माघ ५ गते देखि ९ गते सम्म) तुलसीपुरको हात्तिखैवा चोक देखि मज्गैसम्म सडक मर्मत निर्माण सम्पन्न गरेको अभियानका संयोजक ई. पवनकुमार योगीले जानकारी दिए ।
उनले सडकमा भएका खाल्डा खुल्डीहरु मर्मत गरि दुर्घटना न्युनिकरण अभियानको काम सम्पन्न भएको र सो अवधिभर काममा सहयोग तथा सल्लाह दिनुहुने तुलसीपुर उपमहानगरपालिका प्रमुख उपप्रमुख प्रमुख प्रशासकिय अधिकृत वडाध्यक्षहरु जनप्रतिनिधिहरु, कर्मचारीहरु, युवा युवाव्यवसायी, यातायात व्यवसायीहरु, सहयोगी दाता पत्रकार, तथा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सवैलाई धन्यवाद दिए ।
सडक स्तरोन्नति गर्ने भन्दै सडकको स्वरुपनै विग्रने गरि जनताको दैनिकी यात्रालाई कष्टकर हुने गरि सडक भताभुङ्ग र लथालिङ्ग पारेपछि बाध्य भएर तुलसीपुरमा क्रियाशील युवा व्यवसायीहरूले उपमहानगरपालिका क्षेत्रभित्रको सडक मर्मतको काम सुरु गरेका थिए ।
युवाहरूले तुलसीपुर उपमहानगरपालिका सँगको समन्वयमा आफ्नै लगानीमा सडक किनारा एवम् बीच–बीचमा परेका खाडलहरू पुरेका छन् भने सहज यातातात सञ्चालनको लागि सडक मर्मत गरि चिटिक्क पारेका छन् ।
तुलसीपुर–घोराही खाडल मर्मत अभियान नाम दिएर त्यस क्षेत्रमा क्रियाशील युवा व्यवसायीहरूले पवनकुमार योगीको नेतृत्वमा यो अभियान सुरु गरिएको थियो ।
काम थाल्नु अघि युवाहरूले तुलसीपुर उपमहानगरपालिकामा निवेदन दिएर ती खाडलहरू पुर्नका लागि पायक पर्ने खोलाहरूबाट ग्राभेल निकाल्न अनुमति मागेका थिए ।
खाडलहरू पुर्नका लागि उपमहानगरपालिकाले प्रारम्भिक वातावरणीय मूल्याङ्कन भइसकेका स्थानहरूबाट ग्राभेल निकाल्न अनुमति दिएपछि खाडल पुर्ने काम सुरु भएको युवा अभियानका सयोजक पवनकुमार योगीले बताए ।
‘हामीहरुले चिया खादै गर्दा यो सोच ल्याएका थियौ नगरप्रमुख तथा अन्य साथीभाई र सहयोगीदाताले पनि हाम्रो अभियानलाई सहज रुपले सहयोग गर्ने भन्नु भयो अनि यो अभियान पनि सफल भयो –ई.योगीले भने ।’
अभियानका क्रममा यस क्षेत्रका झन्डै एक सय बढी व्यवसायी तथा समाजसेविहरुले टिप्पर, , रोलर, जेसीवी, ग्राडेर ट्रयाक्टर पानी टेयाक्र,गरी ७८ वटा सवारीका सधान प्रयोग गरिएको थियो भने विभिन्न व्यक्तिहरुले ४४ जना व्यक्तिहरुले २५ सय ५७ लिटर डिजेल सहयोग उपलव्ध भएको उनले बताए ।
त्यस्तै सडक मर्मतका लागि २१ सय घ.मी. ग्राभेल र माटो प्रयोग भएको थियो । जसमा १५० लिटर डिजेल वचत भएको कार्यक्रममा जानकारी गराएको थियो ।
सो डिजेल यस्तै सामाजिक कार्यमा लगाइने ई योगीले जानकारी दिए। उक्क्त अभियानमाा सडक डिभिजन कार्यालय दाङ, तुलसीपुर खानेपानी, हाम्रो गारमेन्ट दोघरे,लगायत संघ संस्था र कार्यालयले पनि सहयोग गरेका थिए ।
त्यस्तै अभियानकर्ताहरुलाई विभिन्न व्यवसयायीहरुले खानाको व्यवस्था समेत गरेको भन्दै आयोजक युवाहरुले धन्यवाद दिएका थिए ।
‘ यो अभियानमा सवै साथी भाईहरु घरको जस्तै गरि काममा खटनुभयो, त्यसका लागि सवैलाई धन्यवाद दिन चाहान्छौं अर्का अभियानता विनिल केसीले भने ।’
उनले चिया गफबाट सुरुगरेको अभियानले सार्थकता भएको भन्दै खुसी समेत व्यक्त गरे । साथै अभियान कर्ताहरुले आफुहरु फोरल्याड निर्माण कर्तालाई झक्झकाउने काम भने दैनिक गर्ने बताए ।
कार्यक्रममा उनले स्थानीय पालीका र सरकारले पनि यसलाई विशेष ध्यान दिनुपर्ने बताए ।
इन्जिनियर पवन योगीको अध्यक्षतामा भएको कार्यक्रममा आगामी दिनमा पनि यस्तै सामाजिक कार्यहरुमा सहयोग गर्न सवैलाई अनुरोध समेत गरिएको थियो ।
कार्यक्रमको सहजिकरण पत्रकार शरद रेग्मीले गरेका थिए ।