२०८१ बैशाख १२ गते बुधवार

घोराहीमा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

तुलसीपुर, माघ ९ । घोराहीमा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका वडा नं.१० का ४५ बर्षीय पूर्ण मगरको उपचारका क्रममा भैरहवामा मृत्यु भएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी राजन गौतमले जानकारी दिए ।

घाइते मगरलाई उपचारका लागि सुरुमा घोराही स्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा लगिएको थियो । त्यहाँ उपचार संभव नभएपछि थप उपचारका लागि राति नै भैरहवा मेडिकल कलेज भैरहवा पठाइएको थियो ।

मगरको उपचारका क्रममा सोमबार बिहान दूई बजेपछि मृत्यु भएको प्रहरी प्रबक्ता गौतमले जानकारी दिए ।

रोल्पाबाट घोराही तर्फ आउँदै गरेको रा १ झ १९७ नम्बरको एम्बुलेन्सले विपरित दिशातर्फ जाँदै गरेको रा ६ प ८९८५ नम्बरको मोटरसाइकललाई घोराहीको दामोदर चोकमा आइतबार राति ९ बजेतिर ठक्कर दिएको थियो ।

मृतकको शब घोराहीमा पोष्टमार्टम पछि सोमबार दिउँसो आफन्तले बुझेका छन् । एम्बुलेन्स चालक रोल्पाको त्रिबेणी गाउँपालिका २ का २८ बर्षीय निर्मल बुढा प्रहरी नियन्त्रणमा छन् ।

प्रकाशित मिति : २०७९ माघ ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *