२०८१ बैशाख १३ गते बिहिवार

तुलसीपुर नगर जेसीजको पद हस्तान्तरण

तुलसीपुर, माघ ७। तुलसीपुर नगरजेसीजको ११ औं पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।

शनिबार तुलसीपुरमा एक कार्यक्रमका बिच पद हस्तान्तरण कार्यक्रम भएको हो ।

त्यस अबसरमा सन २०२२ का अध्यक्ष केशवराज केसीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका नगरप्रुमख टिकाराम खड्काको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै खड्काले युवाहरुको नेतृत्व तथा व्यक्तित्व विकास गर्ने एक मात्र विश्वव्यापी संस्था जेसीज भएको भन्दै तुलसीपुरको समग्र विकासको लागि जेसीजले विभिन्न अभियानमा साथ सहयोग दिनुपर्ने बताए ।

‘युवाहरुको नेतृत्व व्यक्तीत्व विकास गर्ने संस्था जेसीजहो यसमा लागेका युवाहरु स्वाभिमानि र विधिको विद्यानमा रहि काम गर्ने संस्था हो उनले भने ।’

उनले स्थानीय निकायसंग जहिले पनि पनि जेसीजले सहकार्य गरि अगाडी बढनुपर्ने बताए।

त्यस्तै कार्यक्रममा विशिष्ट अतिथि वडा नं. ११ का अध्यक्ष मानबहादुर रावत, वडा नंं ९ का घनश्याम ढकाल, जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष नारायण भट्टराई, पूर्व अध्यक्ष सुर्यप्रसाद शर्मालगायतले मन्तव्य ब्यक्त गरेका थिए ।

सो अवसरमा अध्यक्ष केशवराज केसीले आफ्नो कार्यकालमा सहयोग गर्नुहुने सवैलाई धन्यवाद दिदै विभिन्न व्यक्तिलाई सम्मान गर्नुका साथै मायाको चिनो प्रदान गरेका थिए ।

उनले नवनिर्वाचित अध्यक्ष शालिकराम वली पद हस्तान्तरण गरेका थिए भने अध्यक्ष वलीले कार्यकारी उपाध्यक्षमा झक्कुप्रसाद सापकोटा, उपाध्यक्षहरुमा भिमसेन थापा, तुफान सापकोटा, सागर न्यौपाने, प्रवेश भुसाल, शैलेन्द्र कुमार केसी, महासचिवमा सन्दिप भुसाल, सचिवमा टेकेन्द्र वलीले पदभार ग्रहण गराएका थिए ।

अध्यक्ष वलिले विभिन्न सदस्य तथा संयोजकहरु,सल्लाहकारहरु मनोनित गरेका छ्न ।

उक्त कार्यक्रमको सहजिकरण बर्ष २०२२ का महासचिव पूर्ण विक्रम डाँगी र २३ का महासचिव सन्दीप भुसालले गरेका थिए ।

प्रकाशित मिति : २०७९ माघ ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *